काठमाडौँ: ललितपुर प्रहरीले आइतबार साँझ रातो मछिन्द्रनाथको रथयात्रा गर्ने क्रममा १८ गते ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनको घाँटी रेटी हत्या गरिदिन्छु भन्दै अन्तर्वार्ता दिने व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कुसुन्ती-१३ का ४३ बर्षीय संजय शाक्य रहेका छन्।
ललितपुर प्रहरीका प्रबक्ता एबम प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार शाक्यले रातो मच्छिन्द्रनाथको रथयात्रा गर्ने क्रममा भदौ १८ गते ललितपुर पुल्चोकमा भएको घटना सम्बन्धमा ढुङ्गामुढा गर्ने,उपस्थित भीडलाई उत्तेजीत गराउने र ललितपुर महानगरपालिकाका मेयरलाई समेत घांटी रेटिदिन्छु भनी सार्बजनिक रुपमा अन्तर्वार्ता दिएकाले उजुरी परेकाले पक्राउ गरिएको हो।
उनलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर,ललितपुर पठाईएको छ।
