काठमाडौँ: उर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई निरन्तरता दिन बिहीबार बस्ने मन्त्रिपरिषद बैठकमा प्रस्ताव लैजाने भएको छ।
उर्जा मन्त्रालयका एक उच्च अधिकारीका अनुसार उर्जामन्त्री वर्षमान पुनले बिहीबार बस्ने मन्त्रीपरिषद बैठकमा प्रस्ताव लैजाने तयारी गरेका हुन्।
‘मन्त्रालयले कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्ति गर्ने प्रस्ताव मन्त्रीपरिषदमा लैजान फाइल तयार गरिसकेको छ’, ती अधिकारीले मंगलबार भने, ‘प्रस्ताव लैजानुअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच यस विषयमा छलफल गर्ने कुरा भएको हो।’
नेकपाका सचिवालयका एक नेताका अनुसार प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच सोमबार बिहान भएको भेटवार्तामा घिसिङको पुनर्नियुक्तिबारे छलफल भएको छ।
