काठमाडौँ:लगातार तीन दिन घटेको शेयर बजार सूचक मापक नेप्सेमा चौथो कारोबार दिनमा सुधार आएको छ । गत बिहीबार सामान्य घटेकोमा अघिल्ला दुई दिन लगातार दोहोरो अंकले घटेको नेप्से सूचकमा मंगलबार सुधार आएपनि कारोबार रकम भने घट्न पुगेको छ ।
अल्पकालीन लगानीकर्ताले नाफा बुक गर्दा अघिल्ला दुई दिन बजार घटेपनि मंगलबार भने ७ अंक बढीले सुधार भएको छ । मंगलबार नेप्से ७.३५ अंकले बढ्दा १ अर्ब ७९ करोड ८३ लाख बराबरको कारोबार भयो । कारोबार रकम अघिल्लो दिनको भन्दा ३७ करोड कम हो ।
यसदिन १९० कम्पनीका ४१ लाख ८० हजार ८१६ कित्ता शेयर २३ हजार २९७ पटक कारोबारमा आए । मंगलबार कारोबारमा आएका १२ उपसमूहको सूचकमध्ये बैकिंङ र होटल समूहका बाहेक अन्य बाँकी सबै सूचक सामान्य बढेका छन्।