काठमाडौँ: प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार भक्तपुरको सल्लाघारी नजिकबाट कन्टेनरमा लोड गरि राखिएको ठुलो मात्राको अवैध लागु औषध जफत गरेको छ ।
महाशाखाको टोलीले उक्त परीमाणको लागु औषध ना ३ ख ९८९ नम्बरको ट्रकको सीट मुनी ‘फल्स बटन’ बनाई ल्याएको खुलेको महाशाखाका एसपी तथा प्रबक्ता ईश्वर कार्कीले बताए। यस कार्यमा संलग्न तीन जनालाई प्रहरी पक्राउ समेत गरेको छ।
घटनाको थप विवरण यस्तो छ:
लागुऔषध कारोबार गर्ने व्यक्तिहरूले ना.३ ख.९८९ नं.को कन्टेनरमा अबैध लागु औषध ओसार पसार गरी भक्तपुर जिल्ला, भक्तपुर न.पा. वडा नं. १ स्थित सल्लाघारी एरियामा कारोवार गर्ने गरेको भन्ने विशेष सूचना प्राप्त भएकोले यस महाशाखा तथा महानगरीय प्रहरी परिसर, भक्तपुर समेतबाट खटिएको सयुंक्त टोलीले मिति २०७७।०५।२३ गते विहान जि.भक्तपुर सल्लाघारी स्थित अरनिको राजमार्गको दक्षिण तर्फको किनारामा ना.३ ख.९८९ नं.को कन्टेनर रोकी राखेको अवस्थामातपशिलमा उल्लेखित विष्णु प्रधान र डम्बर बहादुर प्रधान समेत २ जना फेला पारी कन्टेनर जाँच गर्दा उक्त कन्टेनरको चालकको सिट मुनी रहेको जेब्रा झोला थान -१ र चालकको संगैको सिट मुनी रहेको जेब्रा झोलाथान -१ गरी जम्मा जेब्रा झोला थान -२फेला पारी खानतलासी गर्दा निम्न परिमाणको लागुऔषध बरामद गरी निजहरूलाई बिक्री वितरणको लागी ल्याएको अवैध लागु औषध सहित पक्राउ गरीएको र प्रारम्भिक अनुसन्धानमा निजहरु सँग उक्त लागू औषध कारोबार गर्ने कार्यमा संलग्न रहेका शंकर खड्का समेतलाई काठमाण्डौको बुढानिलकण्ठ एरियाबाट पक्राउ गरीगरी थप अनुसन्धानको लागी महानगरिय प्रहरी परिसर भक्तपुर पठाईएको ।
पक्राउ व्यक्तिहरु:
१.नाम : विष्णु प्रधान
उमेर:३६ बर्ष
ठेगाना:जि.सिन्धुपाल्चोक, बाह्रविसे न.पा.वडा नं. ०७
२. नाम थर: डम्बर बहादुर प्रधान
उमेर:३७ बर्ष
वतन:जि.सिन्धुपाल्चोक, बाह्रविसे न.पा.वडा नं. ०७
३. नाम : शंकर खड्का
उमेर : ३२ वर्ष
ठेगाना : जि.सिन्धुपाल्चोक, भोटेकोशी गा.पा.वडा नं.०५
बरामद सामानहरू :
१. डाईजापाम – २९५० एम्पुल
२. नाईट्रोभेट – ३००० एम्पुल
३. Promathazine – २९५० एम्पुल
४. Buprenorphine – १५०० एम्पुल
५. Noophin- १४०० एम्पुल
