काठमाडौँ: नेकपाको सचिवालय समितिको बैठक सोमबार दिउसो फेरी बस्दै छ।
नेकपा नेताहरूका अनुसार बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा दिउँसो १ बजे बस्ने छ।
हिजो भने नेकपा सचिवालय समितिको बैठक पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको थियो। आज त्यही बैठकको निरन्तरता हो।
आजको बैठकले मन्त्रिमण्डल पुनर्गठनको मापदण्ड बनाउनेछ भने संवैधानिक आयोगका पदाधिकारी चयनबारे पनि टुंगो लगाउने नेकपाले जनाएको छ।
Facebook Comments Box