काठमाडौँ: आज मन्त्रिपषिद् बैठक बस्दै छ। बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अहिले बिहान बस्नेछ।
बैठकले निजामती कर्मचारी युनियनको यही असोज २४ गतेका लागि तय गरिएको निर्वाचन स्थगन, इजरायलसँग श्रम सम्झौतालगायत विषयमा निर्णय गर्ने एक मन्त्रीले जानकारी दिए।
यस्तै राष्ट्रिय पुननिर्माण प्राधिकरणको समय थप्नेबारे पनि छलफल हुने बताइएको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरणको सोमबार बसेको निर्देशक समितिले १ वर्ष थप्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो।
प्राधिकरणको निर्देशक समितिका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली हुन्। प्राधिकरणको पाँच वर्षे कार्यकाल पुस १ गते सकिँदै छ।
नियमित समयतालिकाअनुसार हिजै सोमबार बस्नुपर्ने मन्त्रिपरिषदको बैठक आज बस्ने भएको हो।
