काठमाडौँ: बागमति प्रदेश सरकार अन्तर्गतको एकान्तकुना यातायात कार्यालयले सवारी कर र नवीकरण दस्तुर बुझाउन कार्तिक मसान्तसम्म म्याद थप गरेको छ ।
सरकारले २०७६ चैत ११ गतेदेखि गरेको लकडाउनका कारण सवारी कर, नवीकरण दस्तुरसमयमा नै बुझाउन नसकेको कारण दस्तुर बुझाउने म्याद कार्तिक मसान्तसम्म थप गरिएको कार्यालयले जनाएको छ ।
सो मितिभित्र सवारी कर तथा नवीकरण दस्तुर बुझाएमा जरिवाना नलाग्ने एक मंगलबार कार्यलयले जारी गरेको सूचनामा उल्लेख छ ।
Facebook Comments Box