काठमाडौं: सेयर बजारमा फेरि चमक देखिएको छ । मंगलबार दोहोरो अंकले घटेको बजार बुधबार भने सम्हालिएको हो । शिखर इन्सुरेन्सले लाभांश वितरण नगर्ने घोषणा गरेपछि त्यसले समग्र बजारलाई प्रभावित बनाएको थियो ।
तर बुधबार बजार सम्हालिएको छ । पछिल्ला दिनहरुमा बढेको बजारबाट लगानीकर्ताले नाफा बुक गर्दा सूचक केही कमजोर देखिएको विश्लेषणहरु भएका थिए । तथापि, यही बेला बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुको संख्या पनि उत्तिकै हावी छ ।
नेप्से सूचक बुधबार ९.३७ अंकले बढेर १५५५.५२२ विन्दुमा आइपुगेको छ ।
१९४ कम्पनीको १ अर्ब ७२ करोड रुपैयाँ बराबरका ५८ लाख ६२ हजार ६१७ कित्ता सेयर खरिदबिक्री भएका छन् । आजको कारोवारमा होटेल बाहेक बाँकी सबै समूहका सूचक बढेका छन् ।
जीवन बिमा समूहको सूचक सबैभन्दा बढी ९४.६८ अंकले वृद्धि भएको छ । वाणिज्य बैंक समूह पनि १.८७ अंकले सुधार भएको छ ।