Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 6
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » नेपाल र चीनबीच व्यापार पूर्वाधार निर्माण तथा सहजीकरण गर्ने सहमति

    नेपाल र चीनबीच व्यापार पूर्वाधार निर्माण तथा सहजीकरण गर्ने सहमति

    पहिलोक्लिकपहिलोक्लिकSeptember 30, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    काठमाडौँ: नेपाल र चीन आपसी सहयोग र अन्तरनिर्भरतामार्फत व्यापार पूर्वाधार निर्माण तथा सहजीकरण गर्ने सहमति भएको छ।

    मंगलबार नेपाल–चीन व्यापार संयुक्त कार्यदलको भर्चुअल बैठकमा दुवै मुलुकले आपसी सहयोग र अन्तरनिर्भरतामार्फत व्यापार पूर्वाधार निर्माण तथा सहजिकरण गर्ने सहमति भएको छ ।

    नेपालमा चिनियाँ लगानी अभिवृद्धि गर्ने विषयमा समेत सकारात्मक छलफल भएको मन्त्रालयले जनाएको छ ।

    चीनले कोरोना भाइरसबारे उच्च सावधानी अपनाएर दुवै नाका सञ्चालन गर्ने अनुमति समेत दिएको छ ।

    चीनले दुवै देश मिलेर व्यापार र संयुक्त लगानीका लागि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सहायक प्रवक्ता एवं उपसचिव उर्मिला केसीले जानकारी दिइन् ।

    छलफलका क्रममा दुवै पक्षले राखेका विषवस्तुहरु सहज रुपमा कार्यान्वयन गर्नका लागि कुटनैतिक माध्यमबाट नोट आदान–प्रदान गर्ने निर्णय समेत भएको छ । त्यस्तै नेपाल र चीनबीच पारवहन–ढुवानी सम्झौताको कार्यान्वयनसहित विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

    आजको बैठकमा पावहन ढुवानी सम्झौता, २०१६ र यसको प्रोटोकल, २०१९ को कार्यान्वयनका विषयमासमेत छलफल भएको छ ।

    त्यस्तै बैठकले नेपाल–चीन सीमा नजिक सीमा वारपार आर्थिक क्षेत्र स्थापना गर्ने विषयमासमेत छलफल भएको छ ।

    सहायक प्रवक्ता केसीले आजको बैठकमा व्यापार पूर्वाधार विकासमा सहयोगबारे पनि छलफल भएको जानकारी दिइन् । उनले नेपाल–चीनबीच मुस्ताङको कोरला नाकामा एकीकृत सीमा जाँच स्टेसन निर्माणका लागि चिनियाँ पक्षलाई अनुरोध गरेको र चिनियाँ पक्षले सकारात्मक जवाफ दिएको जानकारी दिइन् ।

    त्यस्तै ओलाङ्चुङ्गोला र किमाथाङ्कामा व्यापार पूर्वाधारका लागि संयुक्त रुपमा सम्भाव्यता अध्ययन गर्ने विषयमसमेत छलफल भएको छ ।

    त्यस्तै नेपाल–चीन आर्थिक व्यापार मेला र चीनमा आयोजना हुने तेस्रो अन्तराष्ट्रिय आयात प्रर्दशनीमा मेलामा सहभागि हुने केसीले जानकारी दिइन् ।

    त्यस्तै आजको बैठकमा ६ वटा प्रमुख निर्णय समेत भएको छ । ती निर्णय निम्न प्रकार छन्ः

    १. रसुवाको टिमुरेस्थित सीमा जाँच स्टेसन÷सुख्खा बन्दरगाह निर्माण कार्य
    २. १८८ वटा वनस्पति, मासुजन्य र अन्य खाद्य पदार्थको चीनको भन्सार प्रशासनमा नेपालबाट आयात हुने वस्तुको सूचीमा सूचीकृत गर्ने
    ३. नेपालमा वनस्पति र पशुजन्य वस्तुहरुको जाँच गर्न प्रयोगशाला स्थापना गर्ने
    ४. नेपालबाट चीन निकासी गरिने खाद्यवस्तुहरुमा लेवलिङ्ग सम्बन्धी विषय
    ५. नेपालमा चिनियाँ लगानी र व्यापारको लागि वातावरण विकास
    ६. स्याफ्रुबेसी–रसुवा सडक मर्मत सम्भार र स्तरोन्नती ।

    आजको बैठक नेपालका तर्फबाट उद्योग मन्त्रालयका सहसचिव एवं नेपाल–चीन व्यापारको संयुक्त कार्यदलका संयोजक प्रकाश दाहालले गरेका थिए भने चीनका तर्फबाट चिनियाँ वाणिज्य मन्त्रालयको एशिया मामिला विभागका महानिर्देशक पेङ् गाङ्ले नेतृत्व गरेका थिए ।

    Facebook Comments Box

    व्यापार पूर्वाधार
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.