काठमाडौँ: सरकारले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाकाे राजदूतमा सिफारिस गरेको छ।
आज बिहान बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई राजदूत नियुक्त गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको गरेको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्बत गुरुङले बताए ।
त्यसैगरी मुख्यसचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतको राजदूतका लागि सिफारिस गरिएको छ।
रेग्मीले बिहीबार नै मुख्य सचिवबाट राजीनामा दिएका थिए। यसै गरी बैठकले परराष्ट्रका सहिव शंकर दास बैरागीलाई मुख्य सचिवमा नियुक्त गरिएको जानकारी दिए।
Facebook Comments Box