काठमाडौँ: सर्वोच्च अदालतका न्यायाधीशलगायत केही कर्मचारीहरुमा कोरोना पुष्टि भएको छ।
न्यायाधीश, केही अधिकृत र कर्मचारीहरुमा कोरोना पुष्टि भएको र उनीहरु होम क्वारेन्टिन र सेल्फ आइसोलेसनमा बसेको सर्वोच्च प्रशासनले जानकारी दिएको हो।
न्यायाधीश र कर्मचारीमा कोरोना पुष्टि भएसँगै आज सर्वोच्चमा एकल इजलास मात्रै गठन भएका छन्।
प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस अदालतका माननीय न्यायाधीशज्यूलगायत केही अधिकृत र कर्मचारीहरु कोरोना भाइरसबाट संक्रमित हुनुभएको र संक्रमित एवं त्यसबाट प्रभावित माननीय न्यायाधीशज्यूहरु तथा कर्मचारीहरु होम क्वारेन्टिन/सेल्फ आइसोलेसनमा रहनुभएको व्यहोरा सम्बन्धित सबैमा सूचित गरिएको छ।’