काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
हिजो सोमबार गरेको पिसीआर परीक्षणमा पोजेटिभ देखिएको चौधरीले बताएकी छिन्।
कोरोना भाइरसका कारण स्वास्थ्यमा सामान्य समस्या देखिएकोसमेत उनले बताएकी छिन्। आफूलाई कोरोना पोजेटिभ देखिएको बताउँदै उनले यसबीचमा आफ्नो सम्पर्कमा रहेकोहरुलाई सावधानी अपनाउन अनुरोध गरेकी छिन्।
Facebook Comments Box
