काठमाडौँ: ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले स्पर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ।
स्पर्शलाई प्राप्ति गर्ने विषयमा ग्लोबल आइएमई लघुवित्तका अध्यक्ष बुद्धि अकेला स्पर्श लघुवित्तका अध्यक्ष प्रा. डा. सुशिलभक्त माथेले मङ्गलवार सहमति पत्रमा हस्ताक्षर गरेका छन्।
स्पर्शको प्राप्तिपछि संस्थाको वित्तीय पक्ष र समग्र व्यवसाय राम्रो हुन गई व्यवसाय कारोवार वृद्धि गर्न सकिने , ग्राहकहरुलाई प्रदान गर्ने सेवा, सुविधा तथा सहुलियतमा समेत अभिवृद्धि गरी व्यापक पहँुचका साथ स्तरिय वित्तीय सेवा प्रदान गर्न थप पुँजीकोष वृद्धि भै संस्थालाई एक सबल र सशक्त संस्था बनाउन सकिने विश्वास ती दुई संस्थाको छ।
त्यसैगरी ग्राहकलाई प्रदान गर्ने सेवा, सुविधा तथा सहुलियतमा समेत अभिवृद्धि गर्न सकिने विश्वास लिइएको कम्पनीले जारी प्रेस विज्ञप्तीमा छ।
२०७० मा कारोवार सुरु गरेको ग्लोबल आइएमई लघुवित्तसँग २५ करोड ९५ लाख रुपैयाँको चुक्ता पुँजी छ भने स्पर्शको नौ करोड ३७ लाख रुपैयाँ छ। दुवै संस्थाको पुँजी जोड्दा चुक्ता पुँजी ३५ करोड नाघ्ने छ।
नेपाल स्टकमा ग्लोबल आइएमई लघुवित्तको मङ्गलवारको अन्तिम कारोवार प्रतिकित्ता १२५० रुपैयाँमा भएको छ भने स्पर्शको ९३२ रुपैयाँमा कारोवार भैरहेको छ।