काठमाडौं : सरकारले बुधबार काठमाडौंमा कोरोना संक्रमितको दर ह्वात्तै बढेसंगै यहाँका अस्पतालमा बेडको अभाव चुलिँदै गएको बताएको छ ।
यही दरमा काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढ्ने हो भने अबको केहीदिनमै हामीले (यहाँका अस्पतालले ) कोरोना संक्रमितहरुको उपचार धान्न नसक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । उनले भने, ‘संक्रमितको संख्या बढेसंगैं यहाँका अस्पतालमा भनेको समयमा बेड र उपचार पाउन मुश्किल पर्दै गएको छ ।’
त्यसकारण यहाँ भीडभाड कम गर्न र आवश्यक सावधानीका उपाय अवलम्बन गर्न उनले आमनागरिकलाई अपिल गरेका छन ।
Facebook Comments Box