काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बुढीगण्डकी जलविद्युत आयोजनामा भ्रष्टाचार भएको प्रमाण पेस गर्न डा. बाबुराम भट्टराईलाई चुनौती दिएको छ ।
पूर्वप्रधानमन्त्री भट्टराईले हालै गोरखामा आयोजित एक कार्यक्रममा बुढीगण्डकीमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ बाँडेर खाएको आरोपको खण्डन गर्दै प्रमाण देखाउन कांग्रेसले चुनौती दिएको हो ।
कांग्रेसले भट्टराईको अभिव्यक्तिप्रति विज्ञप्ति निकालेर आपत्ति जनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले आज आइतबार विज्ञप्ति जारी गर्दै प्रमाण सार्वजनिक गर्न भट्टराईलाई चुनौती दिएका छन् । केवल आवेगको भरमा गर्ने टिप्पणीले क्षणिक लाभ दिए पनि सम्बन्धित व्यक्तिको ओज र राजनीतिको गरिमा नबढ्ने भन्दै कांग्रेसले भनेको छ, यति हेक्का डा। भट्टराईले राख्नुभएकै छ भन्ने अपेक्षा लिएका छौं ।’
पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले बुढिगण्डकी जलविद्युत परियोजना नेपाल आफैंले निर्माण गर्ने संकल्पका साथ राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष डा। स्वर्णिम वाग्लेको संयोजकत्वमा बिशेष समिति गठन गरेको र त्यसले स्वदेशी लगानीबाटै निर्माण गरेर स्वदेशी पुूँजीको एकीकृत उपयोग गर्ने क्षमता र अवसरको विकास गर्ने नमुना बुढिगण्डकी बन्ने निष्कर्ष निकालेको स्मरण गर्दै कांग्रेसले सरकारलाई समेत पाँच प्रश्न गरेको छ ।
वाग्ले समितिले प्रतिवेदन कहाँ थन्क्याइएको छ रु विदेशी कम्पनीलाई बिना प्रतिस्पर्धा सुम्पने तयारीमा के नियत लुकेको छ रु डिजेल र पेट्रोल खरिदमा उपभोक्ताबाट प्रतिलिटर ५ रुपैयाँका दरले बुढिगण्डकीका लागि उठाइंदै आएको अर्बौंको रकमको स्थिति के छ रु मुआब्जा वितरणमा किन नियतवशअनियमितता गरेको रु र, बुढिगण्डकीको भविष्य के हुन्छ रु भन्ने कांग्रेसको प्रश्न छ ।