काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २२ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १८ सय ८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ गरी जम्मा २२८३ जना संक्रमित थपिएका छन् ।
यसअघि आइतबार ९हिजो० काठमाडौंमा ११४५, भक्तपुरमा ११० र ललितपुरमा १६१ गरी जम्मा १४१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
Facebook Comments Box