Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 6
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » यसकारण खोसियो ईश्वर पोखरेलको रक्षा मन्त्रीको जिम्मेवारी

    यसकारण खोसियो ईश्वर पोखरेलको रक्षा मन्त्रीको जिम्मेवारी

    पहिलोक्लिकपहिलोक्लिकOctober 15, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नयाँ तीन जना मन्त्री थप गरेका छन् भने दुई जनाको जिम्मेवारी हेरफेर गरिएको छ।

     

    प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेलको जिम्मेवारी पनि फेरिदिएका छन्। पोखरेलको मातहतमा रहेको रक्षा मन्त्रालय आफूसँग राखेर ओलीले उनलाई मन्त्रिपरिषद् कार्यालयमा लगेका छन्।

     

    पोखरेलको हातबाट रक्षा मन्त्रालय किन खोसियो भन्ने विषयमा अनेक अड्कलबाजी भइरहेका छन्। तर, प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री पोखरेल निकटस्थहरु भने उनको जिम्मेवारी थपिएको बताउँछन्।

     

    पोखरेलसँग पटकपटक छलफल गरेरै ओलीले उनलाई मन्त्रिपरिषद् कार्यालयमा लगेको पोखरेलका सचिवालयका एक सदस्यले जानकारी दिए।

     

    ‘प्रधानमन्त्री र उपप्रधानमन्त्रीबीच यस विषयमा पटकपटक छलफल भएको छ। सुरुमा मन्त्री हुँदा समेत प्रधानमन्त्रीले उहाँलाई मन्त्रिपरिषद कार्यालयको मन्त्री बनाउन खोज्नु भएको थियो। तर त्यस समयमा कार्यादेश के हुने भन्ने स्पष्ट कुरा आएको थिएन,’ पोखरेलको सचिवालयका एक सदस्यले भने, ‘अहिले भने स्पष्ट कार्यादेश पनि आएको छ। जिम्मेवारी बढेको छ।’

     

    उनका अनुसार पोखरेलले प्रधानमन्त्री ओलीबाट लिखित कार्यादेश नै पाउने छन्। तत्कालीन नेकपा एमालेका महासचिव रहेका पोखरेलले सुरुमा मन्त्री बनाउन खोज्दा अर्थ मन्त्रालय रोजेका थिए। तर, प्रधानमन्त्री ओलीले डा. युवराज खतिवडालाई सो जिम्मेवारी दिएका थिए।

     

    ‘अहिलेको संरचनामा प्रधानमन्त्री अध्यक्ष रहने करिब २५ वटा निकायहरु छन्। त्यसैगरी विभिन्न विभागहरुलाई पनि प्रधानमन्त्री कार्यालय अन्तर्गत ल्याइएको छ,’ उनले भने, ‘सबैलाई प्रधानमन्त्रीले हेर्न सक्नु भएको छैन। त्यसैले उपप्रधामन्त्रीलाई मन्त्रिपरिषद् कार्यालयमा लगिएको हो।’

     

    तर, नेकपाका अन्य नेताहरु भने उपप्रधानमन्त्रीको कार्यशैलीसँग प्रधानमन्त्री ओली असन्तुष्ट रहेको बताउँछन्।

     

    ‘प्रधानमन्त्री ओलीको कार्यशैली थाहा छँदै छ। त्यसमाथि पोखरेलको भूमिकाप्रति प्रधानमन्त्री असन्तुष्ट हुनुहुन्थ्यो,’ एक मन्त्रीले भने, ‘जिम्मेवारीको हिसाबले ठूलो हो। तर भूमिका पाउनुहुन्छ कि हुन्न भन्ने कुरा महत्वपूर्ण हो।’

     

    खासगरी पोखरेलले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) प्रभावकारी रुपमा सञ्चालन गर्न नसकेको र नेपाली सेनासँग पनि उनको सम्बन्ध राम्रो हुन नसकेका कारण प्रधानमन्त्री ओली उनीसँग असन्तुष्ट रहेको ती मन्त्रीले बताए।

    Facebook Comments Box

    ईश्वर पोखरेल
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.