काठमाडौँ: नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल, सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले पद तथा गोपनीयताको सपथ लिएका छन्।
बिहीबार बिहान साढे ११ बजे राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित सपथ ग्रहण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई सपथ खुवाएकी हुन्।
सपथ खाएपछि नवनियुक्त मन्त्रीहरूले आजै पदभार सम्हाल्ने छन्।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ केही मन्त्रीको जिम्मेवारी हेरफेर र तीन मन्त्रीको नयाँ नियुक्ति गरेका थिए।
Facebook Comments Box