काठमाडौँ: सानिमा जनरल इन्स्योरेन्सको आईपीओ शुक्रबार बिहान बाँडफाँड हुने भएको छ ।
इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलका अनुसार इन्स्योरेन्सको आईपीओ भोलि बिहान साढे ८ बजे क्यापिटलको कार्यालयमा बबरमहल काठमाण्डौंमा बाँडफाँड हुने भएको हो ।
आईपीओ बाँडफाँडका लागि क्यापिटलले प्रि अलटमेन्ट गरी स्वीकृतीका लागि नेपाल धितोपत्र बोर्डमा पठाइसकेको छ । बोर्डबाट स्वीकृति पपछि भोलि बिहान बाँडफाँड गरिने क्यापिटलले जनाएको छ।
इन्स्योरेन्सको आईपीओमा आवेदक गरेका १०० जनामध्ये ६९ जनाले शेयर नपाउने अवस्था देखिएको छ । १०० जनामध्ये ३१ जना आवेदकले मात्र शेयर पाउने तथ्याङ्क आएको छ । आलसम्मकै उच्च संख्याबाट आवेदक परेर रेकर्ड ब्रेक भएपछि न्यून संख्यामा मात्र शेयर पाउने भएका हुन् । आईपीओमा ८ लाख ८३ हजार ६२४ जनाले आवेदन गरेका छन् ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार कम्पनीको आईपीओ २ लाख ७३ हजार जनाले गोलाप्रथाबाट १० कित्ताका दरले मात्र हात पार्नेछन् । यस आईपीओमा आवेदकन गरेका बाँकी ६ लाख १० हजार ६२४ जनाको हात भने खाली हुने देखिन्छ ।
