काठमाडौँ: नेपाल धितोपत्र बोर्डका पूर्व अध्यक्ष बाबुराम श्रेष्ठको निधन आज बिहान असामायिक निधन भएको छ ।
श्रेष्ठका मित्र तथा बोर्डका अर्का पूर्व अध्यक्ष सुरविर पौड्यालले पूर्व अध्यक्ष बाबुराम श्रेष्ठको शनिबार बिहान श्रेष्ठको असामायिक निधन भएको जानकारी दिए ।
पौड्यालले श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।
श्रेष्ठ २०६८ असोज ३० गतेदेखि २०७२ असोज २९ गतेसम्म बोर्डको नेतृत्वमा रहेका थिए । उनको कार्यकालमा पूँजीबजार विकासमा समेत धेरै कामहरु भएका थिए ।
Facebook Comments Box
