भक्तपुर: भक्तपुरको सूर्यविनायक नगरपालिकाले स्वेच्छिक अवकाश लिने शिक्षकलाई थप रकम दिने भएको छ।
नेपाल सरकारबाट उपलब्ध हुने सेवा सुविधाका अतिरिक्त सूर्यविनायक नगरबाट प्रोत्साहन स्वरूप थप एक लाख रूपैयाँ दिइने नगरपालिकाले जनाएको छ।
नगरभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत रही ३० वर्ष सेवा अवधि वा ५० वर्ष उमेर पुगेका स्थायी दरबन्दीका शिक्षकहरूका लागि नगरपालिकाले उक्त थप रकम दिने निर्णय गरेको हो।
२०७७ कात्तिक ३० गतेभित्र स्वेच्छिक अवकाश लिने शिक्षकले नगरबाट थप रकम पाउनेछन्।
गत असोज २९ गते बसेको नगर कार्यपालिकाको बैठकले शिक्षकलाई थप प्रोत्साहन रकम दिने निर्णय गरेको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले आज गोरखापत्रमा सूचना निकालेर उक्त जानकारी दिएको हो। सरकारले पनि स्वेच्छिकअवकाश लिने शिक्षकलाई रकम उपलब्ध गराउँछ।
Facebook Comments Box
