काठमाडौं : भौतिक योजना तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ कोरोना संक्रमित भएका छन्।
उनले ट्विट गर्दै आज सोमबार पीसीआर परीक्षणको नतिजा पोजिटिभ आएको बताएका छन्।

मन्त्री नेम्वाङले आफूसँग सम्पर्कमा आएका सबैलाई आफ्नो स्वास्थ्यमा ख्याल राख्न आग्रह गरेका छन्।
कोरोना संक्रमित हुने नेम्वाङ तेस्रो मन्त्री हुन्।
यसअघि पर्यटनमन्त्री योगेश भट्टराई र शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई पनि संक्रमण भएको थियो।
Facebook Comments Box