Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 6
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » अनूचीत ढङ्गबाट उठाउँदै आएको करलाई रद्द गर्नेतर्फ प्रदेश सरकार क्रियाशील

    अनूचीत ढङ्गबाट उठाउँदै आएको करलाई रद्द गर्नेतर्फ प्रदेश सरकार क्रियाशील

    पहिलोक्लिकपहिलोक्लिकAugust 16, 2018No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    हेटौँडा :प्रदेश नं ३ का आन्तिरक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कटेलले बाढीपहिरोले क्षति पु¥याएका परिवारलाई तत्कालै उद्धार गर्न र विस्थापित परिवारलाई पुनर्वासको व्यवस्था गर्न सम्बन्धित जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको बताएका छन् ।

    प्रदेशसभाको आज बसेको बैठकमा उहाँले हालै आएको बाढीपहिरोले क्षति पु¥याएका परिवारलाई तत्कालै उद्धार र विस्थापित परिवारलाई पुनर्वासको व्यवस्था गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई प्रदेश सरकारले निर्देशन दिइसकेको जानकारी दिए ।

    गत साउन २९ गते प्रदेशसभाको बैठकको विशेष समयमा सदस्यले उठाएको प्रश्नको जवाफमा उनले प्रदेशअन्तर्गत पर्ने १३ जिल्लाका ११९ स्थानीय तहले जबर्जस्ती कर आफैँले निर्धारण गरी सर्वसाधारण नागरिकलाई दुःख दिएको भनी जनगुनासो बढ्दै गएकाले यससम्बन्धमा तत्कालै अनुगमन गरी अनूचीत ढङ्गबाट उठाउँदै आएको करलाई रद्द गर्नेतर्फ सरकार क्रियाशील भई अघि बढेको जानकारी दिए ।

    मन्त्री जम्कटेलले हेटौँडालाई स्थायी राजधानी बनाउने बिषय प्रदेशसभामा कानूनी प्रक्रियाभित्र रहेको बताउँदै केही महिना पछाडि प्रदेशसभाले आफ्नो अधिकार प्रयोग गरी यसबारे निर्णय लिइने स्पष्ट पारे ।

    यदाकदा राजनीतिकरुपमा राजधानी सार्ने विवादलाई उत्तेजक बनाउन नहुने धारणा उनले व्यक्त गरे ।

    मन्त्री जम्कटेलले राजधानी सार्ने विषयलाई लिएर प्रदेशसभा र प्रदेशमा सम्प्रदायिकता भड्किन सक्ने र त्यसबाट जनधनको ठूलो क्षति हुन सक्ने भएकाले यसतर्फ सबै गम्भीर हुनुपर्ने बताउँदै त्यस्तो घटना हुन नदिनका लागि अहिले सत्तारुढ दलसहित प्रदेश सरकारले प्रमुख प्रतिपक्ष दललगायत अन्य दलसँग सहकार्य गरेर स्थायी शान्तिका लागि काम गर्नुपर्ने समय आएको छ भन्नुभयो ।

    हरेक प्रदेशमा अहिले गर्भवती महिलामाथि भ्रुण परीक्षण गर्ने क्रम बढेको र छोरीको लिङ्ग पहिचान भएपछि उक्त भ्रुण हत्या गर्ने अभियान तीव्ररुपमा बढेकाले यसतर्फ सरकार गम्भीर रहेको बताउँदै उनले यस्तो अवस्था रहे केही वर्ष पछाडि महिलाको सङ्ख्या अत्यन्तै न्यून हुने भएकाले सरकारले भ्रुण हत्या निषेधित गर्ने प्रभावकारी कानून तर्जुमा गरिन लागेको जानकारी दिए ।

    बैठकले प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश प्रशासनिक कार्यविधि विधेयक २०७५, आन्तरिक मामिला तथा कानूनमन्त्री जम्कटेलले प्रदेशसभा सचिवालय विधेयक २०७५ र कृषि, भूमि व्यवस्था र सहकारीमन्त्री दावा दोर्जे तामाङले प्रदेश दुग्ध विकास बोर्ड विधेयक– २०७५, प्रदेशसभाको विभिन्न समितिमा दफाबार छलफलका लागि प्रस्तुत गरेको प्रस्तावलाई टेबुल गरिएको थियो ।

    प्रदेशसभाको अर्को बैठक भदौ १ गते दिनको २ बजे बस्नेछ ।

    Facebook Comments Box

    कर
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.