काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३०९ जनामा कोरोना पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज देशभरमा ३ हजार ३०९जनामा कोरोना पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार १४४ पीसीआर परीक्षण गरिएको थियो।
त्यस्तै पछिल्ल्लो २४ घण्टामा ३ हजार ८४४ जना संक्रमण मुक्त भएका छन्। योसँगै कोरोना निको हुनेको संख्या १ लाख ४४ हजार ८७८ पुगेको छ।
Facebook Comments Box