Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Tuesday, November 10
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » नेपाल र भारतका मन्त्रीद्धारा एकिकृत जाच चौकी शिलान्यास

    नेपाल र भारतका मन्त्रीद्धारा एकिकृत जाच चौकी शिलान्यास

    पहिलोक्लिकपहिलोक्लिकNovember 12, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौ: शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र भारतीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले नेपालगञ्जस्थित एकीकृत जाँच चौकी (आइसीपी) को शिलान्यास गर्नुभएको छ ।

    भारतीय सरकारको सहयोगमा निर्माण हुन लागेको एकिकृत जाच चौकीको भुमी पुजा र शिलान्यास कार्यक्रममा प्रमुख अथिति मन्त्री श्रेष्ठले भन्सार तथा अध्यागमन सुविधालाई एउटै छाता मुनी ल्याई दुई देशबीच मालबाहक सवारी साधनको आवतजावतलाई व्यवस्थित गर्न महत्वपुर्ण रहने बताउनुभयो ।

    उहाले भारत सरकारको सहयोगमा चार स्थानमा चौकी निर्माण गर्ने सम्झौता भए अनुसार दुई वटा सम्पन्न भएर तेस्रो चौकीको शिलान्यास गर्ने मौका पाएकठले सदिऔदेखि नेपाल र भारतको सम्बन्ध रहेको उल्लेख गर्नुभयो ।
    कोरोना महामारीको कारण नेपालगंज पुग्न नसकेपछि भर्चुअल रुपमा शिलान्यास गरिएको थियो । सोही अवसरमा भुमी पुजा गरिएको थियो ।

    नेपालगंजमा आयोजित भुमिपुजा कार्यक्रममा मन्त्री श्रेष्ठले नेपाल र भारतबीचको सम्बन्ध थप मजबुत हुदै जाने विश्वास व्यक्त गर्नुभयो ।
    उहाले सन् २००५ देखि शुरु भएको परियोजनाले दुई देशबीचमा आर्थिक विकासमा सहज पुगेको बताउनुभयो । भन्नुभयो–चार मध्य दुईवटा एकिकृत जाच चौकी निर्माण सम्पन्न भैसकेकेको र दुई वटा निर्माणको क्रममा रहेका छन् । दुवै सरकारले तोकिएकै समयमा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

    विशेष अतिथिको रुपमा नयाँ दिल्लीबाट चौकी सिलान्यास र भुमिपुजा अवलोकन गर्नुभएका शहरी विकासमन्त्रीका समकक्षी भारतीय वाणिज्य तथा उद्योग मन्त्री गोयलले नेपाल र भारतको सम्बन्ध अति महत्वपुर्ण रहेको ब्ताउनुभयो ।

    भन्नुभयो–हाम्रो सम्बन्धन विश्वका अन्य देशको भन्दा फरक छ, जादुभाइको जस्तै छ । उहाले कोभिड महामारीको कारण आफु नेपालगंज आएर शिलान्यास गर्ने कार्यक्रम रोकिएको बताउदै नेपाल आउने आफ्नो इच्छा पुरा हुन नसकेको उल्लेख गर्नुभयो ।

    उहाले आफ्ना समकक्षी शहरी विकास मन्त्री श्रेष्ठलाई भारत भ्रमण गर्न आग्रह गर्दै भन्नुभयो – तपाईलाई भारत भ्रमणको लागि निम्तो छ, दुई देशबीच आर्थिक विकासको लागि मिलेर जान थुप्रै योजना बनाउनेछौ । उहाले भारतको नीति भनेकै विकासमा छिमेकी पहिलो रहेको र सोही अनुसार नेपाललाई निरन्तर सहयोग गरिरहेको बताउनुभयो ।

    ‘ हामी बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्छ, विकासका नया नया योजनामा हातेमालो गरी अघि बढ्नुपर्छ ’–मन्त्री गोयलले भन्नुभयो । मन्त्री गोयलले भारतले थप नया योजनामा सहयोग गर्न विभिन्न परियोजना तयार गरिरहेको उल्लेख गर्नुभयो । उहाले भारतको आर्थिक सहयोगमा नेपालको भैरहवामा चौथो एकीकृत जाँच चौकीको निर्माण गर्ने घोषणा गर्नुभएको छ । हाल कार्यान्वयनको मोडालिटी र परियोजनाको कार्यान्वयन गर्ने निकायको विषय भने विचाराधीन अवस्थामा रहेको छ ।

    यसअघि वीरगंज र बिराटनगरमा निर्मित एकीकृत जाँच चौकीको निर्माण सम्पन्न गरी सन् २०१८ को अप्रिल र सन् २०२० को जनवरी मा संयुक्त रुपमा उद्घाटन भैसकेको छ । योजना अनुसार अब नेपालगंज र भैरहवामा चौकी निर्माणको क्रममा रहेको छ ।
    नेपालगंज परियोजनाको राइट्स इन्टरनेशनल लिमिटेडको सुपरिवेक्षणमा पुणेस्थित राजदीप बिल्डकन प्राइभेट लिमिटेड नामक भारतीय कम्पनीले गर्नेछ ।

    संरचना नेपालगञ्ज उप–महानगरपालिकाको जानकी गाउँपालिका वार्ड नम्बर १ र वार्ड नम्बर १६ मा नेपाल सरकारले पहिचान गरेको करिब ६२ ५ हेक्टर जग्गामा निर्माण गरिनेछ ।

    कार्यक्रममा नेपालगंग उपमहानगरपालिकाका मेयर धवल शम्सेर जबराले एकिकृत चौकी निर्माण भएरपछि सवारी आवागमन मा सहज हुने बताउनुभयो । उहाले सरकारको महत्वाकांक्षी योजनालाई सबैले सफा बनाउनुपर्ने बताउनुभयो । समग्रमा यस परियोजना अन्तर्गत निर्माण हुने संरचनाले अन्तरदेशीय व्यापार तथा आर्थिक गतिविधिहरुलाई प्रबद्र्घन गर्ने अपेक्षा गरिएको छ ।

     

    शहरी विकास मन्त्रालयमा आयोजना भएको भर्चुअल कार्यक्रमा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा, शहरी विकास मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंहले सो समारोहको अवलोकन गर्नुभएको थियो ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.