Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Wednesday, November 11
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » ढकाल समूहले भन्यो- भारी मतान्तरले विजयी हुन्छौं

    ढकाल समूहले भन्यो- भारी मतान्तरले विजयी हुन्छौं

    पहिलोक्लिकपहिलोक्लिकNovember 16, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा जिल्ला तथा नगर अध्यक्षहरुले वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल टीमलाई ८० प्रतिशतभन्दा बढी मत दिएर विजयी गराउने प्रतिवद्धता जाहेर गरेका छन् ।

    महासंघको आसन्न विर्नाचनको क्रममा जिल्ला दौडाहामा रहेका वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल, जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारी तथा केन्द्रीय सदस्यहरुलाई प्रत्यक्ष रुपमा भेटगरी जिल्ला नगर अध्यक्षहरुले उक्त टीमलाई ८० प्रतिशतभन्दा बढी मत दिलाएर विजयी गराउने प्रतिवद्धता जाहेर गरेका हुन् ।

    जिल्ला अध्यक्षहरुले भेटघाटको क्रममा महासंघको नेतृत्व गर्न स्टेकहोल्डर चाहिने र त्यसका लागि एक मात्र विकल्प चन्द्र ढकाल रहेको समेत बताएका थिए । ‘वास्तविक रुपमा व्यवसाय गरेका सफल व्यवसायीले मात्रै महासंघको नेतृत्व सम्हाल्न सक्छ,’ भेटघाटका क्रममा जिल्ला अध्यक्षहरुले भने, ‘चन्द्र ढकाल बागलुङमा जन्मेर सानादेखि ठूला व्यवसायसम्म सफल रुपमा संचालन गरेको र सरकारदेखि विदेशी दातृ निकायसम्म पनि उत्तिकै पहुँच भएकाले ढकाल महासंघमा अहिले निर्विकल्प उम्मेदवार हुन ।’

    नेपालको सुदूरपश्चितको धनगढीबाट सुरु गरेर १ नम्बर प्रदेशको धनकुटासम्म पुगेको ढकाल टीमलाई सबैजसो जिल्ला अध्यक्षले प्रत्यक्षरुपमा भेटगरी भारी मतले चुनाव जिताउन आफुहरु लागिपर्ने बताएका थिए । चुनावी अभियानको क्रममा कात्तिक २० गते धनगढी पुग्दा ढकाल प्यानललाई स्वागत गर्दै सुदूरपश्चिम प्रदेशका सबैजसो जिल्ला अध्यक्षले एउटै स्वतरमा भने ‘हामीले डेढ दशकपछि साना मझौला तथा जिल्लाका उद्योगी व्यवसायीका समस्या सम्बोधन गर्न सक्ने व्यक्ति पाएका छौं त्यसैले आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल र जिल्ला नगरतर्फका उपाध्यक्ष गुणनिधी तिवारीलाई जिताउनुको विकल्प छैन ।’

    सो कार्यक्रममा सुदूरपश्चिम प्रदेशका १० जिल्ला नगर अध्यक्षमध्ये ८ जनाले प्रत्यक्ष रुपमा उपस्थित भई जिताउन लाग्ने बताएका थिए । सो प्रदेशको चुनावी साभामा अन्य प्रदेशका जिल्ला नगरका अध्यक्ष समेत गरी ३ दर्जनभन्दा बढी अध्यहरुको उपस्थिती रहेको थियो सुदूरपश्चितमको धनगढीबाट सुरु भएको सो चुनावी अभियानमा नेपालगंज, बुटवल, चितवन, पोखरा हुँदै काठमाडौंसम्म आइपुग्दा सबै प्रदेशका गरी ८० प्रतिशतभन्दा बढी जिल्ला नगर अध्यक्षले आसन्न निर्वाचनमा ढकाल टीमलाई यस पटकको निर्वाचनमा जगरी पनि जिताउनुपर्ने भन्दै चुनावी अभियानमा होमिएका थिए ।

    जसमा ५० भन्दा बढी जिल्लाका अध्यक्षहरुसँगै सहभागी भएर चुनाव प्रचारप्रसारमा हिडेका थिए । ढकाल समूहले कात्तिक २७ गते १ नम्बर प्रदेशको भेडेटारमा गरेको चुनावी अभियानमा ५२ जिल्ला नगरका अध्यक्ष एवं प्रतिनिधिहरु उपस्थित भएका थिए । करिव २ दर्जन जिल्ला नगरबाट पूर्व अध्यक्ष तथा पदाधिकारीहरु प्रतिनिधित्व गर्दै ढकाल टीमलाई समर्थन गर्न उपस्थित भएका थिए ।

    ढकाल टीमको स्वागतमा नेपालगन्जमा आयोजित कार्यक्रम महासंघको केन्द्रिय अधिवेशन वा विजय सभाभन्दा कम थिएन । नेपालगन्जको झकिझकाउ सजावटबाट सिगारिएको सभाहलमा उपस्थित कर्णाली र ५ नम्बर प्रदेशका जिल्ला नगरका अध्यक्षहरुले अब महासंघमा आफुहरुको प्रतिनिधित्व नै ढकालले गर्नेभन्दै जीतको अग्रीम बधाई दिएका थिए ।

    ‘आजसम्म महासंघका धेरै व्यक्तिलाई मत दिएर जिताएर पढाइयो तर जिल्ला नगरका उद्योगी व्यवसायीलाई समस्या पर्दा कहिल्यै फोन उठाएनन् भने समस्या समाधान गर्ने प्रयत्न पनि गरेनन्,’ कार्यक्रममा उपस्थित जिल्ला नगरका अध्यक्षहरुले भने, ‘वरिष्ठ उपाध्यक्ष ढकालको देशभर आफ्ना उद्योग व्यवसाय फैलिएको, यसअघि पनि आफ्ना समस्या समाधान गरिदिन खटिने गरेको र महासंघका आफ्ना साथीहरु कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारी र महासंघका केन्द्रीय सदस्य किशोर आचार्य दुर्घटनामा पर्दा दिनरात नभनी खटिएर एयरलिफ्टमार्फत उद्धार गरी उपचार गराउनु भयो त्यसको गुन तिर्न पनि हामीले निर्विकल्प रुपमा ढकाललाई जिताउनु पर्छ ।’

    जिल्ला नगरका अध्यक्षहरुको ढकाल समक्ष एउटै माग थियो, ‘यस अघि धेरैलाई जिताएर नेतृत्वमा पुर्यायौ अहिले आफुहरुलाई समस्या परेर फोन गर्न न फोन उठ्छ न समस्या समाधान गर्दिन्छन् तर तपाई चुनाव जितेर नेतृत्वमा पुगेपछि त्यसो नगरिदिनुहोला ।’ साथै उनीहरुले महासंघका ढकालजस्तो एक असल अविभावक पाएको भन्दै खुसीको अनुभूति गरेका थिए ।

    साथै ढकालले पनि ६ प्रदेशका विभिन्न स्थानमा भएका कार्यक्रममा आफुले चुनाव जितेर गएसँगै नेतृत्वको फोन नउठ्ने भन्ने गुनासो सम्बोधन हुने विश्वास दिलाउँदै आगामी दिनमा जिल्ला नगरकै उद्योगी व्यवसायीसँग सहकार्य गरेर आफुले व्यापार व्यवसाय विस्तार गर्ने प्रतिवद्धता समेत जाहेर गरेका थिए । यसैगरी ५ नम्बर प्रदेशको वुटवलमा आयोजित कार्यक्रममा सो प्रदेशका सबैजसो जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्षहरुले अबको महासंघमा ढकाल निर्विकल्प रहेको बताएका थिए ।

    जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारीको आफ्नै प्रदेशमा आयोजित सो कार्यक्रमा जिल्ला अध्यक्षहरुले सानादेखि ठूलो व्यवसायसम्म सफल रुपमा संचालन गर्दै आएका ढकाल र जिल्ला नगरका हेरक समस्यासम्म जुध्दै आएका तिवारीको टीमलाई जिताउनु नै समग्र व्यवसायीको हित हुने बताएका थिए ।

    यसैगरी ढकाल आफैले प्रतिनिधित्व गर्ने गण्डकी प्रदेशका १६ ओटै जिल्ला नगरका अध्यक्षले ढकाल प्यानललाई एकछापे भोट हाल्ने भन्दै अन्य प्रदेशका अध्यक्षहरुलाई समेत उक्त टीमलाई दुई तिहाई भन्दा बढी भोट दिएर जिताउन आग्रह गरेका थिए ।कार्यक्रममा उपस्थित जिल्ला अध्यक्षहरुले महासंघको नेतृत्व गर्ने व्यक्ति हरेक हिसाबले सबल र सक्षम हुनुपर्ने भन्दै सोका लागि वरिष्ठ उपाध्यक्षका ढकाललको विकल्प नभएको बताएका थिए ।
    त्यस्तै वागमती प्रदेशमा पनि कुल १६ मध्ये १२ ओटा जिल्ला नगरका अध्यक्षहरु उपस्थित भएर आसन्न निर्वाचनमा ढकाल प्यानलको विकल्प नरहेको बताएका थिए ।

    सो कार्यक्रममा ढकाल प्यानललाई जिताउन कमिटि गठन गरेको भन्दै सोही अनुरु अघि बढ्न आग्रह समेत गरेका थिए । यसैगरी चुनावी अभियानमा रहेको ढकाल समुहलाई गुलरिया उद्योग वाणिज्य संघका अध्यक्ष विरु चौधरी, राजापुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रेग्मी, गैडाकोट उद्योग वाणिज्य संघका अध्यक्ष अमृत भट्टचनले आआफ्नै महासंघको सभाकक्षमा स्वागत गर्दै ढकाल समुहलाई आफ्नो पूर्ण साथ र समर्थन रहेको बताएका थिए ।

    यसैगरी चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठ, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी र खैरेनी उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र सापकोटाले संयुक्त रुपमा चितवनमा स्वागत गर्दै आफ्नो पूर्ण साथ रहेको भन्दै जीतको अग्रीम शुभकामना दिएका थिए ।

    चुनावी अभियानको क्रममा रहेको ढकाल समुहलाई १ नम्बर प्रदेशको भेडेटारमा स्वागत गर्दै सो प्रदेशअन्तर्गतका जिल्ला नगर अध्यक्षहरुले ढकाल नेतृत्वको टीमले आफ्ना व्यवसायीका समस्या समाधान गर्न सक्ने बताएका थिए । कार्यक्रममा उपस्थित सो प्रदेशका १७ ओटा जिल्ला नगरका अध्यक्षहरुले ढकाल प्यानलसँग आफ्नो मन र एजेन्डा मिलेको भन्दै कुनै पनि शक्तिले सो समुहलाई पराजित गर्न नसक्ने उद्घोष गरेका थिए ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.