Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Tuesday, November 10
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » डीआईजी पोखरेललाई प्रहरी महानिरीक्षक बन्ने बाटो खुल्यो, अन्यलाई भने मर्का

    डीआईजी पोखरेललाई प्रहरी महानिरीक्षक बन्ने बाटो खुल्यो, अन्यलाई भने मर्का

    पहिलोक्लिकपहिलोक्लिकNovember 20, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    काठमाडौँ: हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) का रुपमा कार्यरत विश्वराज पोखरेल भावी प्रहरी महानिरीक्षक (आईजीपी) का रुपमा उदाएका छन्।

    दुईपटक अतिरिक्त महानिरीक्षक (एआईजी) को दौडमा लागेका पोखरेल सरकारले दरबन्दी थप गरेसँगै एआईजी हुने अब प्रायः पक्का भएको छ। जसले उनको प्रहरी महानिरीक्षक बन्ने बाटो खोल्दैछ।

    पोखरेल डीआईजी मध्येका वरिष्ठ हुन्। एसएसपीबाटै आफ्ना ब्याचीलाई उछिन्दै अगाडी बढेका पोखरेल केही दिनमै एक मात्र एआईजीमा बढुवा हुनेछन्।

    यसअघि डीआईजीमा बढुवा हुँदा पनि पोखरेल एकमात्र बढुवामा परेका थिए। सरकारले उनलाई २०७६ वैशाखमा डीआईजीमा बढुवा गरेको थियो।

    दरबन्दी थपले भावी आईजीपीमा प्रतिस्पर्धाको बाटो बन्द भएको छ भने नेपाल प्रहरीले अनुभवी नेतृत्व पाउने भएको छ।

    हालका आईजीपी शैलेश थापा क्षेत्रीसँगै पोखरेलले एआईजी बढुवामा कसरत गरेपनि अन्तिम समयमा थापा, हरि पाल र तारिणी लम्साललाई मात्रै एआईजीमा बढुवा गरिएको थियो।

    त्यसो त गत असारमा निरज शाही र प्रद्युम्न कार्की एआईजी बढुवा भएपछि पोखरेलको दोस्रो पटकको प्रयास पनि असफल भएको थियो।

    सो निर्णयसँगै भावी आईजीपी डीआईजीबाट सिधै हुने र कडा प्रतिस्पर्धा हुने देखिएको थियो। जसमा सहकुल थापा र धिरजप्रताप सिंहलाई पनि सशक्त दाबेदारका रुपमा हेरिएको थियो।

    एआईजीमध्येबाट आईजी बनाइने व्यवस्था अनुसार अब बन्ने एआईजी नै भावी आईजीपी हुने भएकाले विश्वराज पोखरेलको बाटो प्रष्ट भएको हो।

    हालका तीनै एआईजी आईजीपी थापाकै ब्याचका हुन्। उनीहरुले २०७९ वैशाख १९ गते अवकास लिनेछन्। हालकै व्यवस्था कायम रहे पोखरेल झण्डै एक वर्षका लागि आईजीपी बन्ने छन्।

    २०४९ चैत २९ गते प्रहरी निरीक्षकबाट पोखरेलले सेवा सुरु गरेका हुन्। त्यतिबेला पोखरेल पाँचौं नम्बरमा थिए। एसपी बढुवासम्म आफ्नो ब्याचीमध्ये पाँचौं नम्बरमै रहेका पोखरेलले एसएसपी बढुवामा फड्को मारेका हुन्।

    २०७४ साउन २९ गते हालका आईजीपी थापाकै ब्याचीसँगै पोखरेल एसएसपीमा बढुवा भएका थिए। त्यतिबेला दुई ब्याचका २४ जनालाई एसएसपी बढुवा गरिएकोमा पोखरेल नवौं नम्बरमा थिए।

    आफूभन्दा अघिल्लो ब्याचकालाई समेत त्यतिबेलै पोखरेलले पछि पारे। उनीभन्दा अगाडि रहेका शैलेश थापा, हरि पाल, निरज शाही र प्रद्युम्न कार्की अहिले पनि अगाडी छन् भने घनश्याम अर्याल डीआईजी बढुवामा पछि परे।

    गणेशबहादुर ऐर र पुरुषोत्तम कंडेल अहिले पनि एसएसपीमै रोकिएका छन्। अरु भने एसएसपीमै उनीभन्दा तल्लो बरियतामा थिए।

    तीमध्ये १० जना गत चैत २८ गते डीआईजीमा बढुवा भएका छन्। जसमध्ये अघिल्लो बरियताका चार जना आईजीपी थापासँगै २०७९ वैशाखमा अवकास हुनेछन्।

    डीआईजी बढुवामा आफ्नो ब्याचबाट पहिलो नम्बरमा र समग्रमा पाँचौं नम्बरमा फड्को मारेका सहकुल थापालाई पनि भावी आईजीका रुपमा हेरिएको थियो।

    यस्तै भर्ती हुँदैदेखि पहिलो नम्बरमा रहेर एसपी बढुवाबाट पछि परेका धिरजप्रताप सिंह पनि संभावित आईजीका रुपमा थिए।

    यी तीन मध्येबाटै आगामी आईजीपी हुने अनुमान गरिएपनि दरबन्दी थपले बाँकीको सपना पूरा नहुने देखिएको छ। अवस्था उही रहेको भएपनि पोखरेल नै बलियो उम्मेदवार हुन्।

    सरकारले गत असारमा नै पोखरेललाई एआईजीमा बढुवा गर्न चाहेको थियो।

    त्यतिबेला रिक्त रहेका दुई एआईजीमा पोखरेल पर्ने लगभग पक्काजस्तो थियो। तर आईजीपी थापा यसमा तयार देखिएनन्।

    निरज शाही र प्रद्युम्न कार्कीलाई नै एआईजीमा बढुवा गर्नुपर्ने अवस्था उनले प्रधानमन्त्रीलाई सुझाए।

    सिंगो प्रहरी संगठनको इच्छाविपरित निर्णय नगर्ने पक्षमा अन्तिम साँझ उभिएका प्रधानमन्त्री ओलीले पोखरेललाई त्यतिबेलै बचन दिएका थिए।

    अन्य विकल्प नहुनु र सरकारको उथलपुथलले जुनसुकै बेला असर गर्ने देखिएपछि सरकार दरबन्दी थप गरेर पोखरेललाई अहिले नै अगाडि लैजान तयार भएको हो।

    यस्तै उपत्यकाका केही युनिटमा डीआईजीको दरबन्दी रहने भएकाले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा एआईजी आवश्यक रहेको भन्दै दरबन्दी थप गरिएको छ।

    सरकारको यो निर्णयले नेपाल प्रहरीले अर्को अनुभवी आईजीपी पाउने भएको छ। हाल बढुवा हुनेले डेढ वर्ष एआईजीका रुपमा काम गर्नेछन्।

    यसअघि डीएसपी हुँदा बानेश्वर वृत्त प्रमुख भएका पोखरेलले एसपी छँदा कर्मचारी प्रशासन शाखा र मोरङ प्रहरी प्रमुखको रुपमा काम गरेका छन्।

    उनले एसएसपी हुँदा महानगरीय प्रहरी परिसर काठमाडौं र डीआईजीमा प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए। उनी हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन्।

    Facebook Comments Box

    डीआईजी पोखरेल
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.