काठमाडौँ: नेपालको दुईदिने भ्रमणमा आएका भारतका विदेशसचिव हर्षबर्धन श्रृंगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
‘भारतका विदेशसचिव हर्षवर्धन श्रृंगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज (बिहीबार) साँझ प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गर्नुभएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्।
आज बिहीबार बिहान काठमाडौं आइपुगेका श्रृंगलाले यसअघि नेपाली प्रतिनिधिमण्डलसँग द्विपक्षीय वार्ता गर्नुका साथै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेट गरेका थिए।
उनी भोली गोरखा र मनाङ जिल्लामा भारतीय सहयोगमा सञ्चालित बिभिन्न कार्यक्रम उद्घाटन गर्ने लगायतका कार्यक्रम छन्।
