Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Wednesday, November 11
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » नेपाल–भारतको सम्बादहीनताको अवस्थामा पर्दा हट्दै

    नेपाल–भारतको सम्बादहीनताको अवस्थामा पर्दा हट्दै

    पहिलोक्लिकपहिलोक्लिकNovember 27, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    काठमाडौँ:नेपाल–भारत सीमा विवादका कारण करिब एक वर्षयता देखिएको संवादहीनताको अवस्था पछिल्लो समय बिस्तारै हट्दै गएको छ। नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला र नेपाली समकक्षी भरतराज पौड्यालबीच बिहीबार सम्पन्न बैठकमा आपसी सहकार्यलाई अगाडि बढाउन थप कदम चाल्ने सहमति भएको छ। बैठकमा भारतीय टोलीको नेतृत्व सचिव श्रींगला र नेपाली पक्षको नेतृत्व सचिव पौड्यालले गरेका थिए।

    ‘हामीबीच निकै फलदायी बैठक भएको छ,’ भारतीय विदेश सचिव श्रींगलाले सञ्चारकर्मीसँग भने, ‘दुई पक्षीय सहकार्यका कैयौं विषयमा छलफल भएको छ।’

    बैठकमा द्विपक्षीय सहयोगको समीक्षा र आपसी हितका मुद्दामा छलफल भयो। त्यस्तै दुवै देशबीच उत्पन्न सीमा विवादका विषयमा पनि छलफल भयो। सीमा विवाद आपसी छलफलबाटै समाधान गर्ने सहमति बनेको बैठक स्रोतले बतायो। बैठक र भेटमा दुवै समकक्षीले द्विपक्षीय परियोजनाहरूको प्रगतिको सराहनासमेत गरे। नेपाल–भारतबीच सीमा विवादलाई लिएर तिक्तता सुरु भएको करिब एक वर्षपछि दुई देशका बीचमा विदेश सचिवस्तरीय बैठक भएको हो।

    सीमा विवाद समाधानका लागि नेपालले पटकपटक विदेश सचिवस्तरीय बैठकका लागि आग्रह गरे पनि भारतले बेवास्ता गर्दै आएको थियो। भारतले कोरोना महामारीको कारण देखाउँदै नेपालले प्रस्ताव गरेको मितिमा छलफलका लागि अनिच्छा देखाउँदै आएको थियो। तर पछिल्लो पटक करिब एक महिनाको अवधिमा भारतबाट एकपछि अर्काे गर्दैै महत्त्वपूर्ण भ्रमण भइरहेका छन्। यसअघि कात्तिकमा भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामान्तकुमार गोयल र सेना प्रमुख मनोज मुकुन्द नरवाणेले नेपाल भ्रमण गरेका थिए।

    श्रींगलाले बिहीबार नै शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी र बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरे। उनले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग उनकै कार्यकक्ष सिंहदरबारमा पुगेर शिष्टाचार भेट गरे। सो अवसरमा उनले मन्त्री ज्ञवालीलाई कोभिड–१९ विरुद्ध लड्न भारत सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री पनि हस्तान्तरण गरे। त्यसक्रममा उनले भारतले ठूलो परिमाणमा कोभिड–१९ भ्याक्सिन उत्पादन गर्न लागेको जानकारी गराउँदै खोप पाउन नेपाललगायत निकटस्थ मित्रहरू भारतको प्राथमिकतामा पर्ने बताएका छन्। यो समाचार आजको नागरिक दैनिकमा वसन्त खड्काले लेखेका छन् ।

    Facebook Comments Box

    सम्बादहीनताको अवस्थामा पर्दा हट्दै
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.