काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको मतगणना सुरु भएको छ। कमलादीस्थित प्रज्ञा प्रतिस्थानमा मतगणना सुरु भएको हो।
रातभरिमा मतगणना सम्पन्न गर्ने निर्वाचन समितिले जानकारी गराएको छ।
l
वरिष्ठ उपाध्यक्षको लागि चन्द्र ढकाल र किशोर प्रधान रहेका छन् भने जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र दिनेश श्रेष्ठ, एसोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई र सौरभ ज्योति प्रतिस्पर्धामा छन्।
त्यस्तै वस्तुगततर्फ अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ चुनावी मैदानमा छन्। ६० कार्यकारिणी सदस्यका लागि १२७ जना चुनावी मैदानमा रहेको छन्।
Facebook Comments Box