Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Wednesday, November 11
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » शेखर गोल्छाले आजबाट सम्हाल्दै उद्योग वाणिज्य महासंघको नेतृत्व, यस्तो छ पारिवारिक संलग्नता

    शेखर गोल्छाले आजबाट सम्हाल्दै उद्योग वाणिज्य महासंघको नेतृत्व, यस्तो छ पारिवारिक संलग्नता

    पहिलोक्लिकपहिलोक्लिकNovember 29, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    काठमाडौं : निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वको जिम्मेवारी शेखर गोल्छाले सम्हाल्दै छन् । गोल्छाले आज (आइतबार) अध्यक्षको पदभार ग्रहण गर्नेछन् । तीन वर्षअगाडि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित गोल्छा महासंघको विधानअनुसार स्वतः अध्यक्षको जिम्मेवारी लिन गइरहेका हुन् । त्यस बेला उनले वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधानसँग प्रतिस्पर्धा गरेका थिए ।

    कार्यकाल तीन वर्षको भए पनि उनले साढे २ वर्षभन्दा कम समय मात्रै अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन् । अर्थतन्त्र सबैभन्दा जटिल अवस्थामा पुगेका बेला उनी निजी क्षेत्रको नेतृत्वमा आएका छन् । विगतका भूकम्प, नाकाबन्दी, बिग्रिएको श्रम सम्बन्धबाट पनि पार पाउँदै अगाडि बढेको निजी क्षेत्र कोभिड १९ का कारण थचक्क बसेको छ । निजी क्षेत्रको मनोबल निकै घटेको स्थितिमा छ । सरकारको उद्योगी व्यवसायीप्रतिको दृष्टिकोण भाषणमा राम्रो भए पनि व्यवहारमा छैन । बेरोजगारी बढ्दो छ, उद्योगी व्यवसायी पलायन हुने स्थिति बनेको छ । सबैभन्दा गम्भीर विषय निजी क्षेत्रको गिरेको मनोबललाई उठाउन सक्नुपर्नेछ । यावत् समस्यै-समस्या र चुनौती नै चुनौतीले भरिएको बेलामा गोल्छाले महासंघको नेतृत्व सम्हाल्दै छन् ।

    महासंघको अध्यक्ष बन्ने सपना जुन उनको अभिभावकले देखेका थिए, त्यो त पूरा गरे नै अब निजी क्षेत्रले देखेको सपनालाई मूर्तरुप दिनुपर्ने गहन जिम्मेवारी पनि उनले पूरा गर्नुपर्नेछ । यसअघिको चुनावमा उनले प्राप्त गरेको मतले नै उनलाई थप संवेदनशील बन्नुपर्ने देखाउँछ । यद्यपि उनले निर्वाचन लडिरहेको बेलामा हालको कोडिभको समस्या थिएन, तर अब कोडिभका उत्पन्न समस्याबाट निकै आत्तिएका उद्योगी व्यवसायीलाई राहत दिलाउनुपर्ने अर्को जिम्मेवारी पनि उनीमाथि थपिएको छ । यसअघिको निर्वाचनमा उनले ५० प्रतिशत मतभार रहेको जिल्ला नगरबाट ६१ प्रतिशत, ३० प्रतिशत मतभार रहेको एसोसिएटबाट ६० प्रतिशत र २० प्रतिशत मतभार रहेको वस्तुगतबाट ४७ प्रतिशत मत पाएका थिए ।

    उद्योग वाणिज्य महासंघ स्थापनाकाल समयदेखि नै गोल्छा परिवारको योगदान थियो तर नेतृत्वमा पुग्ने अवसर पाएको थिएन । उनका हजुरबुबा रामलाल गोल्छाले पहिलो उद्योगका रुपमा रुघुपति जुटमिल स्थापना गर्दै उद्योगको सुरुवात गरेका थिए । उनै रामलालका नाति शेखर गोल्छा महासंघको नेतृत्वमा अहिले पुगेका छन् । यसअघि पनि गोल्छा परिवार महासंघको नेतृत्वमा जान नखोजेको पनि होइन, तर समयले साथ दिएको थिएन ।

    विशेषतः उनका बुबा हुलासचन्द गोल्छा महासंघको अध्यक्ष बन्न प्रतिस्पर्धामा नै उत्रिएका पनि थिए तर उनको स्वास्थ्यले साथ दिएन । फलस्वरुप २०५० सालको महासंघको निर्वाचनमा अन्तिम समयमा आएर पछाडी हट्न बाध्य हुनुपर्‍यो । महासंघको नेतृत्वमा पुग्ने २७ वर्षअघिको गोल्छा परिवारको चाहना शेखरले पूरा गरेका छन् । त्यो पनि अत्यन्त संवेदनशील समयमा ।

    Facebook Comments Box

    शेखर गोल्छाले आजबाट सम्हाल्दै
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.