Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Tuesday, November 10
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » आफ्ना निकट नेताहरुसँग प्रचन्डले भने- ओली रुपान्तरण नभए छिट्टै अर्को निष्कर्षमा जानु पर्छ

    आफ्ना निकट नेताहरुसँग प्रचन्डले भने- ओली रुपान्तरण नभए छिट्टै अर्को निष्कर्षमा जानु पर्छ

    पहिलोक्लिकपहिलोक्लिकNovember 30, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा पेस गरेको जवाफी प्रतिवेदन अध्ययन गरिरहेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयका नेताहरुसहित आफूनिकट स्थायी समिति सदस्यहरुसँग सामुहिक र एकल रुपमा छलफल गरेका छन्।

    ओलीको जवाफी प्रतिवेदनबारे सचिवालय बैठकमै लामो व्याख्या गरेका प्रचण्डले आइतबार विहानदेखि साँझसम्म वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग छलफल गरेका थिए।

    यस्तै आफूनिकट स्थायी समिति सदस्यहरु जनार्दन शर्मा, वर्षमान पुन, मात्रिका यादव लगायतसँग पनि प्रचण्डले सघन छलफल गरेका छन्।

    कात्तिक २८ गते प्रचण्डले पेस गरेको राजनीतिक प्रस्तावको जवाफ दिँदै ओलीले शनिबार बसेको सचिवालय बैठकमा ३८ पृष्ठको प्रतिवेदन प्रस्तुत गरेका थिए।

    प्रतिवेदनमा व्यक्त गरिएका कतिपय विषय र सन्दर्भहरुकाे बारेमा बैठकमा कुरा उठाउने नेताहरुले तयारी गरेका छन्।

    ‘प्रतिवेदनमाथि १६ गते बस्ने बैठकमा छलफल हुन्छ, त्यो दिन प्रधानमन्त्री ओलीबाट के प्रस्ताव आउँछ हेरौं,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘प्रतिवेदनमा पार्टी एकता अघिका केही गम्भीर कुरा उठाइएको छ, यसको जवाफ बैठकमै खोज्नेछौं।’

    प्रचण्डले ओली रुपान्तरण नभई केही नहुने स्पष्ट पारेको ती नेताले बताए।

    ‘ओलीजी रुपान्तरण हुन तयार भए पार्टी एकता महाधिवेशनसम्म जान्छ र एउटा नयाँ माहोल बन्न सक्छ, तर रुपान्तरण नहुने र विधि, पद्धति पनि नमान्ने हो भने कमिटीमा छलफल मात्रै हुँदैन अब एउटा निष्कर्षतिर जान्छ?’ प्रचण्डले नेताहरुसँग भनेका थिए।

    नेकपाका दुई अध्यक्षको प्रतिवेदन औपचारिकरुपमा पार्टी कमिटीमा पेस भएपछि पार्टीभित्रको विवाद अब थप चर्किनसक्ने खतरा रहेको भनी नेताहरुले चिन्ता व्यक्त गरे।

    Facebook Comments Box

    ओली रुपान्तरण नभए छिट्टै अर्को निष्कर्षमा जानु पर्छ
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.