काठमाडौँ: संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको ८० वर्षको उमेरमा निधन भएको छ।
शनिबार कोफी अन्नानको निधन भएको संयुक्त राष्ट्र संघको अप्रवासी नियोग ९आइओएम०ले ट्विट गर्दै जनाएको छ।
स्वीट्जरल्यान्डको जेनेभास्थित अस्पतालमा उनको निधन घानाका सञ्चार माध्यमहरुले जनाएका छन्।
घानाको कुमासीमा १९३८ अप्रिल ८ मा अन्नानको जन्म भएको थियो। उनी संयुक्त राष्ट्र संघको सातौँ महासचिवको रुपमा निर्वाचित भएका थिए।
सन् १९९७ जनवरीदेखि २००६ डिसेम्बरसम्म उनी महासचिव रहेका थिए। सन् १९६२ को विश्व स्वास्थ्य संगठन९डब्लुएचओ०को जेनेभास्थित कार्यालयको प्रशासन तथा बजेट अधिकृतको रुपमा राष्ट्र संघमा प्रवेश गरेका थिए।
सन् २००१ मा अन्नान र संयुक्त राष्ट्र संघलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। पछिल्लो समय अन्नानलाई सिरियामा जारी युद्ध अन्त्य गर्नका लागि राष्ट्र संघ र अरब लीगले विदेश दूत नियुक्त गरेको थियो।