काठमाडौँ: निरन्तर बढेको बजारमा अस्वाभाविक गिरावट आएपछि नेपाल स्टक एक्सचेञ्जमा आज नकारात्मक सर्किट ब्रेक लगाएको छ।
बजार ६ प्रतिशतले घटेपछि स्टकले आजका लागि कारोबार स्थगित गरेको छ ।
नेपाल राष्ट्र बैंकले शेयर कर्जा र व्यक्तिगत कर्जा पुनरावलोकन गर्ने बताएपछि शेयर बजारका लगानीकर्ताहरु अत्तालीएर शेयर बिक्री गर्दा बजार उच्चदरले घटेको हो । निरन्तर बढेको बजारमा नाफा बुक गर्नेहरु सक्रिय हुँदा पनि बिक्रीको चाप देखा परेको छ ।
स्टकका अनुसार आइतबार बजार १२३.३४ अंकले घटेर १ हजार ९३२ दशमलव ११ बिन्दुमा बन्द भएको छ।
यसदिन १९७ कम्पनीको एक करोड ५४ लाख कित्ता शेयर ७ अर्ब २० करोड ९१ हजार ८० हजार रुपैयाँमा खरिद बिक्री भएको छ। कारोबारमा आएका सबै उपसमूहको सूचक घटेको छ ।