काठमाडौँ: पछिल्लो २४ घण्टामा नेपालमा ८२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७१६ पुगेको छ।
नेपालमा हालसम्म १८ लाख ३६ हजार ४६४ जनाको पीसीआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ४७१ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितमध्ये १० हजार ९५५ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
आज ८४२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख ३६ हजार ५७३ पुगेको छ।
८४२ जना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा थप ८४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ३६ हजार ५७३ पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पताल र होम आइसोलेसनमै रहेर संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।