काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा ७३६ जना कोरोना संक्रमित थपिएका छन्।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५० हजार ९१६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
बुधबार थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।
पछिल्लो २४ घण्टामा ५५५५ जनाको पीसीआर परीक्षण भएको छ। नेपालमा हालसम्म १८ लाख ४९ हजार १३६ जनाको पीसीआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ४५२ रहेको मन्त्रालयले जनाएको छ।
नेपालमा हालसम्म कुल संक्रमितमध्ये ९ हजार ७५७ जना सक्रिय संक्रमित छन्।
पछिल्लो २४ घण्टामा थप ८४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ३९ हजार ४१६ पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पताल र होम आइसोलेसनमै रहेर संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।