काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टीको आइतबार बसेको स्थायी कमिटी बैठकले बलात्कार काण्डपछि मुुलधारको राजनीतिमा चर्चा बिमुख बनेका पूर्व सभामुख कृष्णबहादुर महरालाई स्थायी कमिटीमा मनोनयन गर्ने निर्णय गरेको छ ।
महराले अदालतबाट उनी बिरुद्ध लागेको आरोपमा सफाई पाइसकेका छन् । उनी बिरुद्ध आफ्नै सचिवायलमा कार्यरत एक महिलासँग करणी प्रयास गरेको आरोपमा कानूनी उपचार अघि बढेको थियो । त्यसपछि उनले सभामुख पदबाट राजीनामा दिएका थिए ।
महरा निकटहरुले तत्कालिन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको डिजाइनमा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई नियोजित रुपमा फसाएको बताउदै आएका छन् । ओली संसदीय समितिमा पार्टी अध्यक्ष पुष्पकमल दाहालाको बर्चस्व बढेकोमा असन्तुष्ट थिए ।
स्थायी कमिटीले गरेका चार प्रमुुख अन्य निर्णयमा प्रधानमन्त्री ओलीलाई अनुशासनको कारवाहीका लागि केन्द्रीय कमिटीमा प्रस्ताव लग्ने, त्यसका लागि पुस ७ गते केन्द्रीय कमिटीको बैठक डाक्ने निर्णय गरेको छ ।
यस्तै प्रधानमन्त्रीको संसद विघटनको कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र जनादेशविरुद्ध भएको ठहर गर्दै खेद व्यक्त गरेको छ । ६ पुस, अपरान्ह १ बजे संसदीय दलको बैठक र ३ बजे स्थायी कमिटी बैठक बस्ने निर्णय भएको छ ।