काठमाडौँ: सञ्चार तथा सूचनाप्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले संसद पुनर्स्थापना भन्दा ताजा जनादेशमा जानुपर्ने अहिलेको आवश्यकता भएकोले सडक विरोधमा भन्दा चुनावी तयारीमा जुट्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।
मन्त्रिपरिषद्का निर्णयहरु जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता गुरुङले सरकारले निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा गरेको र यसै गरी निर्वाचन आयोगले पनि तयारी गरिरहेको बताए ।
उनले संसद पुनर्स्थापना हुन्छ भन्ने भ्रममा नपर्न समेत आग्रह गरेका छन् ।
अहिलेको सरकार काम चलाउ हो कि भन्ने खालका प्रश्न उठेको भन्दै वर्तमान सरकारलाई संवैधानिक तथा कानूनी मान्यता भएकोले कसैको भ्रममा नपर्न अपील गरेका छन् ।
सडकमा अभद्र नारा र अराजनीतिक गतिविधि भएको भन्दै नेपालको सर्वोच्च संस्था राष्ट्रपति र गणतन्त्रप्रति केही कतैबाट प्रश्न गरिएकोमा सरकारले खेद प्रकट गरेको समेत उनले बताए।