Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Monday, November 9
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » किनेको ४५ दिनमै मोटरसाइकल चोरी भएर पुनः भेटिएपछी….

    किनेको ४५ दिनमै मोटरसाइकल चोरी भएर पुनः भेटिएपछी….

    पहिलोक्लिकपहिलोक्लिकJanuary 2, 2021No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखामा भेटिएका काभ्रेका ध्रुव बोलखे निकै खुसी देखिन्थे। हातमा हेलमेट थियो। उनी त्यहाँ कसैलाई कुर्दै थिए।

    केही समयपछि महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराई बोलखे भएनजिकै आए। भट्टराईलाई देखपछि झनै बोलखेको अनुहारमा खुसी देखियो।

    एसएसपी भट्टराईले बोलखेको हातमा रहेको कागजपत्र हेरे।

    ‘अबदेखि लापरबाही तरिकाले जहाँ पायो त्यहाँ नराख्न‌ू। ह्यान्डल लक गर्ने बानी बसाल्नू,’ भट्टराईले बोलखेलाई सम्झाउँदै थिए।

    बोलखेले पनि ‘हस्’ भन्दै धन्यवाद दिए।

    कोल्ड स्टोर सञ्चालन गर्दै आएका बोलखे कालोपुलमा डेरा गरी बस्थे। कुखुरा बोक्न सजिलो हुने भन्दै २७ कात्तिकमा बोलखेले २२० सिसिको पल्सर मोटरसाइकल किने।

    किनेको ४५ दिनमा अर्थात पुस ११ गते मोटरसाइकल चोरी भयो। राति घरमा सुतिरहेको मौकामा ह्यान्डल लक गरिराखेको बा. प्र. ०२-०२० प ८७७९ नम्बरको आफ्नो मोटरसाइकल चोरी भएको महाशाखामा भेटिएका बोलखेले बताए।

    बिहानै कुखुरा बोकेर ठाउँ-ठाउँमा जानुपर्ने भएकाले बोलखे ४ बजे उठ्थे। ‘उठेर कोल्ड स्टोर जानको लागि मोटरसाइकल हेर्दा घरमा राखेको ठाउँमा थिएन,’ बोलखेले भने, ‘त्यसपछि १०० मा फोन गरेर प्रहरीलाई जानकारी गराएँ।’

    नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सुझाव आयो। ‘त्यसपछि निवेदन दिन प्रहरी कार्यालय पुगेको के मात्र थिएँ मोटरसाइकल भेटिएको खबर पाएँ,’ बोलखेले भने, ‘बौद्धस्थित नारायणटारबाट माथि जंगलमा बेवारिसे अवस्थामा मोटरसाइकल भेटिएको खबर ट्राफिक प्रहरीले नै सुनाए।’

    त्यसपछि बोलखेले प्रहरीमा निवेदनसमेत दिएनन्। तत्कालै ट्राफिक प्रहरीले फेला पारेर ल्याई राखेको ठाउँ पुगे। ‘प्रहरीले देखाएको मोटरसाइकल आफ्नै थियो,’ बोलखेले भने।

    महाशाखा प्रमुख भट्टराईले नारायणटारमाथि जंगलमा फेला परेको मोटरसाइकल आज बोलखेलाई हस्तान्तरण गरेका हुन्। ट्राफिक प्रहरीले विभिन्न मितिमा चोरी भई फेला परेका २२ मोटरसाइकल सम्बद्ध धनीलाई हस्तान्तरण गरेको छ।

    बोलखेको मोटरसाइकल साँखु हुँदै सिन्धुपाल्चोकतिर लैजान खोजेको हुनसक्ने बताउँदै एसएसपी भट्टराईले भने, ‘त्यहाँबाट कटाउन नसकेपछि झाडीमा फालेको हुनसक्छ।’

    चाबीको तार काटेर बोलखेको मोटरसाइकल चोरी गरेको भट्टराईले बताए। ‘चाबीको तार काटेर लक तोडेर मोटरसाइकल चोरी भएको देखिन्छ। अरू सबै ठिक छ,’ भट्टराईले भने।

    १७ दिनमा ११० निवेदन

    महाशाखाका अनुसार दिनमा ६ देखि सातवटा मोटरसाइकल चोरी हुने गर्छ। पछिल्ला १७ दिनमा मोटरसाइकल चोरीका १ सय १० निवेदन परेको एसएसपी भट्टराईले जानकारी दिए।

    जसमध्ये ३९ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाइएको भट्टराईले बताए। यस्तै मोटरसाइकल चोरीमा संलग्न नाैजनालाई ट्राफिक प्रहरीले पक्रन सफल भएको छ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.