काठमाडौं: सिटिजन्स बैंक इन्टरनेसनल र तिनाउ मिसन डेभलपमेन्ट बैंकबीच एक्वायर गर्ने अन्तिम सम्झौंता भएको छ।
सम्झौंतापत्रमा सिटिजन्स बैंकका संचालक तथा एक्वायर समितिका संयोजक प्रवलजंग पाण्डे र तिनाउ मिसनका संचालक तथा मर्जर समितिका संयोजक राजेन्द्रप्रसाद ओझाले हस्ताक्षर गरे।
दुवै बैंकले आ—आफ्नो विशेष/साधारण सभाबाट प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछन्। त्यसपछि राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि एकीकृत कारोबार सुरु हुनेछ। दुवै बैंकले गत कात्तिक १ गते प्राप्तिका लागि प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेको थियो। पुस २२ गतेसम्मको तथ्यांकका आधारमा एक्वायरपछि सिटिजन्स बैंकको निक्षेप करिब १ खर्ब २४ अर्ब पुग्नेछ भने ऋण १ खर्ब २ करोड पुग्नेछ।
बैंकको शाखा १ सय ६३ हुनेछ। सहमतिपछि तिनाउका सेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंकको ९६कित्ता शेयर पाउनेछन्। बैंकको चुक्ता पुँजी ११ अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ।
