काठमाडौँ: साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ हजार ३ सय रुपैयाँले घटेको हो । भने चाँदी ६० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आइतबार छापावाला सुन तोलाको ९३ हजार , तोजावी ९२ हजार ५ सय रुपैयाँ र चाँदी १ हजार २७० रुपैयाँ तोकिएको छ ।
शुक्रबार छापावाला सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँ , तेजावी ९४ हजार ८ सय रुपैयाँ र चाँदी तोलाको १ हजार ३३० रुपैयाँमा कारोबार भएको थियो ।
Facebook Comments Box
