काठमाडौँ: प्रहरी प्रधान कार्यालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलको सयोजकत्वमा केन्द्रीय निर्वाचन तथा समन्वय समिति गठन गरेको छ।
समितिमा पोखरेल, प्रहरी नायब महानिरीक्षक (डिआइजी) द्वय सुनिल कुमार श्रेष्ठ, दिवेश लोहनीलगायत ३७ जना सदस्य रहेको प्रधान कार्यालयले जनाएको छ।
समिति गठनलगत्तै एआइजी पोखरेलले समितिका सदस्यहरुलाई निर्वाचनमा रणनीतिका साथ सुरक्षा योजना बनाएर काम गर्नुपर्ने बताउँदै प्रदेश प्रहरीसँग समन्वय आवश्यक रहेको बताए।
यसअघि सोमबार गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा बादले तीन वटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएका थिए।
