Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Tuesday, November 10
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » कोरोना प्रभावित ५४ प्रतिशत उद्योग-व्यवसाय सञ्चालनमा

    कोरोना प्रभावित ५४ प्रतिशत उद्योग-व्यवसाय सञ्चालनमा

    पहिलोक्लिकपहिलोक्लिकJanuary 12, 2021No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    काठमाडौं: कोरोना भाइरस (कोभिड-१९) का कारण समस्यामा परेका उद्योग-व्यवसायहरु मध्ये ५४ प्रतिशत सञ्चालनमा आएका छन् । नेपाल राष्ट्र बैंकले कोरोनाका कारण अर्थतन्त्रमा परेकोमा प्रभावका विषयमा गरेको ‘फलोअप सर्वेक्षण’ ले कोरोनाका कारण समस्यामा परेका मध्ये ५४ प्रतिशत उद्योग व्यवसाय पूर्ण सञ्चालनमा आएको देखाएको हो ।

    अझै ४६ प्रतिशत भने उद्योग व्यवसाय सञ्चालनमा आउन सकेका छैनन् । राष्ट्र बैंकले यसअघि जेठ-असारलाई आधार मान्दै सर्वेक्षण गरेको थियो । त्यसबेला पूर्णं क्षमतामा चल्ने उद्योग व्यवसायरुहरुको संख्या ४ प्रतिशतमात्रै रहेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए ।

    त्यो चार प्रतिशत संख्या बढेर अहिले ५४ पुगेको उनले बताए । उनका अनुसार अर्थतन्त्र समग्रमा ५० प्रतिशत पुनर्उत्थान भएको छ । बाँकी ५० प्रतिशत पुनर्उत्थान हुन बाँकी रहेको छ ।

    ‘जेठ-असारको तुलनामा अहिले धेरै नै सुधार भएको छ, तर अझै सुधार हुन पनि बाँकी रहेको छ’ उनले भने, ‘धेरै प्रभाव परेको होटल व्यवसाय क्षेत्रमा पनि राम्रै सुधार भएको छ ।’

    प्रवक्ता भट्टका अनुसार अहिले कोरोनाका कारण बन्द भएका होटल व्यवसायहरु मध्ये २९ प्रतिशत सञ्चालनमा आएका छन् । यसअघिको सर्वेक्षणमा एक प्रतिशत हाराहारीमा मात्रै होटल व्यवसाय सञ्चालनमा थिए ।

    उत्पादन कारोबारमा पनि राम्रै वृद्धि भएको उनले बताए । जेठ-असारमा गरिएको सर्वेक्षणमा उद्योग व्यवसायहरुको उत्पादन कारोबार २९ प्रतिशतमात्रै थियो । अहिले यो बढेर ५० प्रतिशत पुगेको उनले बताए । कोरोनाका कारण जागिर गुमाएकाहरु पनि धेरैले जागिर पाएको अध्ययनले देखाएको छ ।

    अध्ययन प्रतिवेदन अनुसार त्यसबेला कुल कर्मचारीको ७७ प्रतिशतमात्रै काममा थिए । बाँकी २३ प्रतिशतलाई उद्योग व्यवसायको रोजगारीबाट निकालिएको थियो । अहिले ८७ प्रतिशत श्रमिक काममा रहेको प्रतिवेदनमा उल्लेख छ ।

    यस अघिको सर्वेक्षणमा ६७४ वटा सबै क्षेत्रका उद्योग व्यवसायहरु सहभागी थिए । अहिले गरिएको सर्वेक्षणमा भने ६०४ उद्योग व्यवसायहरु सहभागी भएको उनले बताए ।

    Facebook Comments Box

    उद्योग-व्यवसाय
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने

    October 29, 2026

    तीन महिनामा नेपालको वैदेशिक व्यापार ४०.७१ प्रतिशतले वृद्धि

    October 29, 2026

    राष्ट्रसंघीय सम्मेलनमा मन्त्री श्रेष्ठको आह्वान : जलवायु तथा भू-विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं

    October 28, 2026

    सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र (LoI), ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात

    October 28, 2026

    विद्युत् व्यापार आशयपत्रको इप्पानद्वारा स्वागत, अनुमतिपत्रको सुनिश्चितता गर्न माग

    October 28, 2026

    असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु

    October 25, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.