Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Monday, November 9
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » ओलीले भारतसामू आत्मसमर्पण गरे : भट्टराई

    ओलीले भारतसामू आत्मसमर्पण गरे : भट्टराई

    पहिलोक्लिकपहिलोक्लिकJanuary 13, 2021No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    पोखरा: जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसामू घुडा टेकेको दाबी गरेका छन् । ओलीले जोसँग लडेँ भनेर राष्ट्रवादको कुरा गरे, उसैसँग आत्मसमर्पण गरेर प्रतिनिधिसभा विघटन गरेको उनले बताए ।

    संसद विघटनको विरोधमा बुधबार पोखरामा आयोजित विरोध सभालाई सम्वोधन गर्दै भट्टराईले भूराजनीतिक संकट भएका बेला ओलीले संसद भंग गरेको बताए । भारत र चीनको बीचमा अमेरिका आएको बेला ओलीले संसद भंग गरेको भन्दै उनले भने, ‘हिजो कोको आए, किन आए ?’

    सुरुमा आफूलाई फस्ल्याङ फुस्लुङ पार्न आए होलान् भन्ने लागेको भएपनि अहिले त्यस्तो नदेखिएको उनले सुनाए । ‘पार्टीबाट अल्पमतमा परिसक्या छ, जुनसुकै बेला हटाउँछन् भन्ने बुझिसक्यो । समाजवादी पार्टी सानै भएपनि जिरे खुर्सानी हो, यसले छोड्दैन भन्ने पनि बुझे । शेरबहादुरजीलाई भागबण्डा दिएर कांग्रेसलाई लटरपटर पार्छु भनेको रामचन्द्र पौडेलहरुले विरोध गरे,’ भट्टराईले भने, ‘कतैबाट पनि साथ नपाउने भइसकेपछि ओली वाह्य शक्तिसँग पुगे ।’

    उनले अघि भने, ‘जनताको आँखामा खुर्सानी हालेर सत्तामा गएका थिए, तिनैसँग आत्मसमर्पण गरे । यथार्थ त्यही हो ।’

    परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भोलिदेखि हुने भारत भ्रमण पनि चलखेलकै कारण हुनसक्ने उनको शंका छ ।

    पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसद विघटन असंवैधानिक भएको, तर अदालतको भर पर्न सक्ने अवस्था नरहेको बताए । ‘अदालतबाट निर्णय आए त ठीकै हो, तर भर पर्ने अवस्था छैन,’ भट्टराईले भने ।

    अब सभामुखले प्रतिनिधिसभाको बैठक बोलाएर प्रधानमन्त्री, राष्ट्रपतिको आदेशलाई असंवैधानिक भनेर खारेज गर्नुपर्ने उनले बताए ।

    नेपाली कांग्रेसले खुट्टा कमाउन नहुने भन्दै भट्टराईले भने, ‘जसरी डोनाल्ड ट्रम्पलाई त्यहाँको संसदले महाअभियोग लगाउँदै छ, त्यसरी नै यी अपराधीहरुलाई पनि महाअभियोग लगाउने दिशातिर हामी जान सक्छौं ।’

    प्रतिनिधिसभा विघटनको विषय त्यत्तिकै भइगो नि त भनेर छोड्ने विषय नभएको भट्टराईले बताए । हिटलरले जे गरे त्यही काम केपी ओलीले पनि गरेको भन्दै भट्टराईले सबै संस्थालाई भत्काउन खोजेको आरोप लगाए । ‘केपी ओलीले पनि त्यही गर्छन्, उसले छोड्नेवाला छैन । हिटलरले अन्तिम बेलासम्म पनि आत्मसमर्पण गरेन, आफूले विष खायो, प्रेमिकालाई विष खुवायो र सबैलाई मारेर स्वाहा बनायो,’ भट्टराईले भने, ‘केपी ओली वाह, वाह भन्नुहुन्छ नि, ओलीको धूर्त प्रवृत्ति हो, हिटलर प्रवृत्ति हो । अन्तिममा सर्वनाश नभएसम्म बितण्डा गर्छ, गर्छ ।’

    पञ्चायत र राजतन्त्र फ्याँके जसरी ओलीलाई सडकबाटै नफ्याँकेसम्म लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा नहुने भट्टराईले दाबी थियो ।

    जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले केपी ओलीले संसद विघटन गरेर जनतामाथि खड्ग प्रहार गरेको बताए । ‘उहाँको नाम नै खड्ग ओली हो, जनतामाथि नै खड्ग प्रहार गर्नुभयो, पार्टीको रिस जनतामाथि पोख्नुभयो,’ राईले भने ।

    राईले प्रचण्ड–माधव अहिले सडकमा आन्दोलन गर्दै हामी यता छौं भनिरहेको भन्दै प्रचण्डहरु ठाउँ नै त्यही भएको बताए । अल्पवुद्धि भएको नेताका रुपमा प्रचण्डलाई राईले चित्रित गरे । १० वर्ष जनयुद्ध पनि बाबुरामकै अगुवाइमा भएको देखिएको उनको भनाइ थियो ।

    अर्का वरिष्ठ नेता शरदसिंह भण्डारीले केपी ओलीले सनकको भरमा संविधानमा व्यवस्था नै नभएको कदम चालेर देश ध्यस्त पार्न खोजेको बताए । धेरै तानाशाह फालिसकेका नेपाली जनतालाई ओलीजस्ता फुच्चे तानाशाह फाल्न कुनै समय नलाग्ने भण्डारीको भनाइ थियो ।

    जसपा केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सभा सदस्य हरिशरण आचार्यले ओलीले लोकतन्त्र र गणतन्त्र नै मास्न खाजेको आरोप लगाए ।

    Facebook Comments Box

    भारतसामू आत्मसमर्पण गरे : भट्टराई
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.