Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Monday, November 9
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » यसपालिको २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस भक्तपुरको कुमारी मन्दिरमा

    यसपालिको २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस भक्तपुरको कुमारी मन्दिरमा

    पहिलोक्लिकपहिलोक्लिकJanuary 14, 2021No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ:
    यस वर्षको २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मध्यपुरथिमि नगरपालिकाको बोडेस्थित ऐतिहासिक एवं धार्मिकस्थल कुमारी मन्दिर परिसरमा हुने भएको छ । ‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मूल नाराका साथ भोलि माघ २ गते दिउँसो १ः३० बजे आयोजना हुने भूकम्प सुरक्षा दिवस प्रचारप्रसार उपसमितिका संयोजक तथा शहरी विकास तथा भवन निर्माण विभागका निमित्त महानिर्देशक पदमकुमार मैनालीले सो जानकारी दिए ।

    थिमिमा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको भूकम्प सुरक्षा दिवस व्यवस्थापन उपसमितिका संयोजक एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मूल आयोजक समितिले आमन्त्रण गरेको र उनबाट ‘भूकम्प सुरक्षा डिजिटल प्रदर्शनी’को उद्घाटन एवं सम्बोधन हुने कार्यक्रम रहेको उनले जानकारी दिए । मूल आयोजक समितिका संयोजक एवं गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा हुने कार्यक्रममा सुरक्षा निकायको बैठकले सुरक्षा व्यवस्था मजबुत बनाउने गरी तयारी गरेको प्रमुख श्रेष्ठले बताए ।

    कार्यक्रममा एनसेटका प्रतिनिधिबाट ‘घुँटा टेकी गुँडुल्की ओत लागि समात’ को राष्ट्रिय अभ्याससमेत गरिने जानकारी दिँदै मध्यपुरथिमि नगरपालिकाका सूचना अधिकारी एवं कानून अधिकृत केशव सिलवालले कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण यस वर्ष दिवसको अवसरमा ¥याली प्रदर्शन नगरिने बताए । उनले यो कार्यक्रमले मध्यपुरथिमिको ऐतिहासिक सम्पदा एवं कला, संस्कृतिको अवलोकनमा टेवा पुग्ने पनि बताए ।

    वर्तमान कोभिड–१९ सङ्क्रमणको जोखिमलाई ध्यान दिँदै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरी वा अनलाइन प्रविधिमार्फत देशका सङ्घ, प्रदेश तथा स्थानीय तहहरुमा देशव्यापीरूपमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने कार्यक्रमसमेत तय भएको छ ।

    भूकम्पीय सुरक्षासम्बन्धी दुई दिवसीय राष्ट्रिय गोष्ठी कार्यक्रम, भूकम्पीय सुरक्षासम्बन्धी डिजिटल प्रदर्शनीलगायतका कार्यक्रम सामाजिक सञ्जाल तथा आम सञ्चारमाध्यम र अनलाइन प्रविधिमार्फत आयोजना गरिने भएको छ ।

    विसं २०५५ देखि गृह मन्त्रालयको संयोजकत्वमा नेपाल सरकारले हरेक वर्ष माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ । देशमा भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्वतयारीका विषयमा विगतका प्रयास तथा अनुभवको आदान प्रदान गर्दै नयाँ प्रविधि र उपायको प्रभावकारी कार्यान्वयनका लागि प्रतिबद्धता जनाउने उद्देश्यले यो दिवस मनाइँदै आएको हो ।

    Facebook Comments Box

    २३औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.