काठमाडौं । बाँकेको नेपालगञ्ज स्थित सूर्यगाउँमा राष्ट्रिय अनुसन्धान विभागका सहायक–सुचक मृत फेला परेका छन् ।
विभागको बाँके जिल्ला कार्यालयमा कार्यरत प्रविन थापा मगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डिएसपी) सुवास खड्काले बताए ।
बिहिबार साँझबाट सम्पर्क बिहिन भएका प्रविनको शव नेपालगञ्ज–१८ स्थित खेतमा फेला परेको थियो । उनको टाउकोमा चोट लागेको डिएसपी खड्काले बताए । शव पोष्टमार्टमका लागी भेरी अस्पतालमा राखिएको छ ।
२२ बर्षिय प्रविन बर्दियाका स्थानीय हुन् । पछिल्लो समय उनि परिवारसँगै नेपालगञ्जमा बस्थे ।
Facebook Comments Box