काठमाडौँ: रहस्यमयी तरिकाले फ्रान्सका लागि नेपालका पूर्वरादूत केशवराज झाको हत्या प्रकरणमा शंकास्पद देखिएका तीन जनालाई प्रहरीले सोमबार नै नियन्त्रणमा लिएको छ।
घटनाको महानगरीय प्रहरी परिसर र महानगरीय अपराध महाशाखा झाको हत्या अनुशन्धान गरिरहेको छ ।
झाको घरमा पछिल्लो १० वर्षभन्दा बढी समयदेखि कार्यरत कामदार सेतु तामाङ र अन्य दुई जना फुलबारीको काम गर्ने मालीलाई नियन्त्रणमा लिएर अनुसन्धन अगाडि बढाएको परिसर प्रमुख बसन्त लामाले जनाएको छ।
लामाका अनुसार थप अनुसन्धानका लागि तीनजना कामदारलाई नियन्त्रणमा लिएको छ ‘शंका लागेर नियन्त्रणमा लिएका छौं, सोधपुछ भइरहेको छ।’
पूर्वराजदूत झाको बबरमहलस्थित कुरियागाउ घरमा सोमबार बिहान रक्ताम्य अवस्थामा शब भेटिएको थियो। श्रीमती र कामदार सेतुसँग बस्दै आएका झालाई घरकै चक्कु प्रहार गरी हत्या गरिएको प्रहरीले जनएको छ ।
उनकी श्रीमती घरको तल्लो तलामा र उनी माथिल्लो तलामा सुत्दै आएका थिए। मृतक झा सुत्ने कोठाको झ्यालको जाली काटिएको अवस्थामा रहेको छ।
जव म्याक्सलले दिनभर घर छोडेन
अनुसन्धानका लागि नेपाल प्रहरीले जर्मन सेफर्ड जातको ‘म्याक्सल’ नामक कुकूरको प्रयोग गरेको थियो । दिनभर जसो उक्त कुकूरले झा बस्ने घर छोडेन ।
यसको सोझो अर्थ हुन्छ झाको हत्यामा सलग्न व्यक्ति वा बस्तु घरभित्रै रहेको संकेत गरेको बुझ्नुपर्छ, प्रहरीले भन्यो
अनुसन्धानमा कुकूर प्रयोगसम्बन्धी ज्ञान भएका एकजना प्रहरी अधिकारीका अनुसार म्याक्सलले हत्यारा घरभित्रकै हुनसक्ने तर्फ इंगित गरेको हो। नाम उल्लेख नगर्ने शर्तमा उनले भने ‘प्रहरी कुकूर घटनास्थल वरपर घुम्नुले हत्यामा संलग्न ब्यक्ति त्यही आसपास छन् भन्ने संकेत गर्दछ।’