काठमाडौँ: बागमती प्रदेश सभा बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वास प्रस्ताव पेश भएको छ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका ४५ जना सांसदले मुख्यमन्त्री पौडेलमाथि अविश्वास प्रस्ताव दर्ता गरेका थिए।
शुक्रबार बसेको प्रदेश सभा बैठकमा सभामुख सानुकुमार श्रेष्ठले अविश्वास प्रस्ताव प्रस्तुत गर्न पहिलो हस्ताक्षरकर्ताका रूपमा सांसद अरूणप्रसाद नेपाललाई अनुमति दिएका छन्।
सांसद नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेजस्तो प्रदेश केन्द्रको प्रशासनिक इकाई नभएको बताएका थिए।
पुस ९ गते अष्टलक्ष्मी शाक्यलाई आफूहरूले संसदीय दलको नेता चयन गरेको उनले बताएका छन्।
Facebook Comments Box