काठमाडौँ: सरकारले कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा एमबीबीएस कलेज संचालन गर्न उच्चस्तरीय कार्यदल गठन गरेको छ।
शिक्षा मन्त्रालयले डा गोविन्द केसीसित भएको सहमतिबमोजिम कार्यदल गठन गरेको हो ।
शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले आइतबार मन्त्रालयस्तरीय निर्णय गराई वीर अस्पतालका वरिष्ठ चिकित्षक प्रा. डा श्रीकृष्ण गिरीको संयोजकत्वमा गठन गरेको कार्यदलमा डा केसीका प्रतिनिधि डा जीवन क्षेत्री र प्रा डा केदार बराल सदस्य छन् । कर्णाली प्रदेश सरकार, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान तथा सुर्खेत अञ्चल अस्पतालका प्रतिनिधिसमेत कार्यदलमा सदस्य रहनेछन् । यी तिनै निकायले प्रतिनिधि तोकेपछि कार्यदलले पूर्णता पाउनेछ । यसलाई तीन महिनाको म्याद दिइएको छ ।
डा केसीको पछिल्लो अनशनका क्रममा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा एमबीबीएससहितको स्नातक तहमा बिद्यार्थी भर्ना सुरु गरी कलेज संचालन गर्ने सहमति भएको थियो । यो खबर आजको कान्तिपुरदैनिकमा छ ।