काठमाडौँ: अर्थमन्त्री विष्णु प्रसाद पौडेलले निजी क्षेत्र र भन्सार विभागलाई एक सिक्काका दुई पाटाका रुपमा ब्याख्या गरेका छन्।
अर्थमन्त्री पौडेलले ६९ औँ भन्सार दिवसका अवसरमा भन्सार विभाग र निजी क्षेत्रबीच घनिष्ट सम्बन्ध रहनु पर्ने बताएका हुन् ।उनले निजी क्षेत्रले भन्सार विभागका समस्या र भन्सार विभागले निजी क्षेत्रका समस्या बुझ्नु पर्ने बताए ।
उनले निजी क्षेत्र र भन्सार विभाग एक सिक्काका दुई पाटा हुन् भन्दै, एक सिक्का एउटा पाटो विना अर्को पाटो अधुरो भए झै भन्सार विभाग र निजी क्षेत्र पनि एक अर्का विना अधुरो हुने बताए । भन्सार विभाग र निजी क्षेत्रबीच आपसी सम्बन्ध रहनु पर्ने उनको भनाई छ ।
कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले कोभिड १९ का कारण विश्वभरि सृजना भएको महामारीको समयमा पनि भन्सार विभागले आपूर्ति श्रृङखालाई नियमित गरेकोमा खुसि व्यक्त गरे । उनले भन्सार विभाग र विभागका कर्मचारीले गरेको कामको प्रशंसा गरे ।
भन्सार विभागलाई विश्व स्तरको भन्सार प्रणालीलाई अवलम्बलन गरी भन्सार प्रणालीलाई प्रविधिमैत्री बनाउन अर्थमन्त्रालयको सहयोग सधै हुने बताए । भन्सार प्रणाली क्रमिक रुपमा आधुनिकिरण हुँदै गएको उनले बताए । भन्सार प्रणाली समय अनुसार आधुनिकीकरण हुँदै गईरहेको र अझै आधुनिकीकरणका लागि निजी क्षेत्र र सरकार लागि पर्नुपर्ने कुरामा उनले जोड दिए ।
भन्सार विभागमा कोभिड १९ ले सृजना गरेका समस्यालाई नयाँ ढङ्गले समाधान गरिने उनले बताए । सरकारले कोभिड १९ विरुद्धको खोप निशुल्क रुपमा आपूर्ति गरी सबै लक्षित समुहमा पु¥याईने समेत बताए ।
कार्यक्रममा बोल्दै अर्थमन्त्रीले मुलुकमा अघि बढेको निर्वाचन प्रणाली आवश्यक रहेको बताए । मुलुक निर्वाचनतर्फ अघि बढेका बेला कतिपय व्यक्तिले प्रश्न प्रति प्रश्न खडा गरेका छन् । तर निर्वाचन प्रणाली आवश्यक छ । उनले भने ।
भन्सार दिवसको अवसरमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल राष्ट्रिय एकद्वार प्रणालीको सुरूवात गरेका छन् । उक्त प्रणाालीले आयात तथा निर्यातका लागि आवश्यक कागज बुझाउन तथा सरोकारवाला निकायको निर्णय गर्न भौतिक रूपमा सरकारी कार्यालय जानुपर्ने अवस्था अन्त्य गर्ने विश्वास लिईएको छ ।
प्रणालीमार्फत वेब इन्टरफेसमा रहेको सार्वजनिक पोर्टलबाट व्यापारका औपचारिक र प्रक्रिया, उत्पादनको हर्मोनाइज्ड सिस्टम कोड र करलगायत सूचना प्राप्त गर्न सकिन्छ ।